23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

कुललिङ पिरियडमा गुमेको शाख

दमौली/प्रतिनिधि सभाले २०८२ असार १७ गते मंगलबारबाट आफ्नो विश्वासनीयताको शाख गुमाएको छ ।
राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाको कारण संसदको शाख गुम्न पुगेको निष्कर्षका साथ सत्तापक्ष र विपक्षले खतिवडाको राजीनामाको माग गरेका छन् ।
निजामति सेवा संसोधन विधेयकमा राखिएको दुई बर्षे कुलिङ्ग पिरियड राज्यव्यवस्था समितिबाट स्विकृत भइ प्रतिनिधि सभामा अनुमोदनार्थ पेश हुँदा कुलिङ्ग पिरियडको दुइबर्षे अवधि हटाई पेश भएपछि प्रतिनिधि सभाका सदस्यले राज्यव्यवस्था समितिको निर्णय हुबहु आएको विश्वासमा अनुमोदन त गरे । अनुमोदन गरिसकेपछि राष्ट्रिय सभामा पेश हुने प्रकृया शुरु भएपछि भेद खुल्यो । त्यो दुई बर्षे कुलिङ्ग पिरियड हटाएको राज्यव्यवस्था समितिका सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुले थाहा पाए ।

यो कसूरमा राज्य व्यवस्था समितिको सभापति रामहरि खतिवडाको बद्नियत रहेको निष्कर्षका साथ राज्यव्यवस्था समितिका सभापतिबाट राजीनामा गर्नुपर्ने माग राज्यव्यवस्था समितिका सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुले गरेका छन् । सत्तापक्ष तथा प्रतिपक्षले राजीनामा माग गरेपछि रामहरि खतिवडा अप्ठ्यारोमा परेका छन् । नेपाल सरकारका सचिव, सहसचिवहरु निबृत्त भएको दुईबर्षसम्म कुनै पनि राजनीतिक नियुक्ति लिन नपाउने कुलिङ्ग पिरियडको मूल मर्म रहेको थियो । आमनागरिकले मनपराएको यो व्यवस्था हटाईनुमा फाईदा पुग्ने पक्षबाट राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा किनिएको बुझाइमा सत्तापक्ष प्रतिपक्षबाट राजीनामा माग गरिएको अनुमान गरिएको छ । समितिको बैठक बोलाएर रामहरि खतिवडाले आफ्नो सचिवालयबाट आफूलाई समेत स्पष्टीकरण दिएका छन् । उनले आफ्नो प्रतिष्ठामा चोट पुगेको गुनासो गरेका छन् । खतिवडाको स्पष्टिकरणबाट कर्मचारी भड्काउने प्रधानमन्त्री नै हुन कि भन्ने आशंका पनि बढेको छ ।

Related posts

माछा संरक्षण गर्न समिति

admin

क्यान्सर पिडित आर्थिक सहयोग जुट्दै

admin

मतदान केन्द्र

Deepak Joshi