Tanahun Awaj
समाचार

एसईई ग्रेडेडलाई बधाई

कमलबारी/स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयले एसईई–२०८१ मा ग्रेडेड अर्थात उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । एसईईमा सहभागी १० विद्यार्थी मध्ये १० जना नै सफल भएपछि विद्यालयले खुसी बाँड्ने उक्त कार्यक्रम राखेको हो । आइतबार विद्यालयमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको शिक्षक विजय गुरुङले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ग्रेडेड विद्यार्थीहरुलाई शुभकामना साथै बधाई दिए । थापाले कक्षा ११ तथा १२ मा शिक्षा तथा व्यवस्थापन विषयको पढाई विद्यालयमै हुने भएकाले अन्यत्र नजान आग्रह गरे । उनले परीक्षामा सहभागी सबै विद्यार्थी उत्तिर्ण गराउन मेहनत गर्ने शिक्षक र विद्यालय प्रशासन समेत बधाइको पात्र भएको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले यस पटकको सतप्रतिशत सफलताले चुनौति थपिएको उल्लेख गर्दै आगामी वषयहरुमा पनि सतप्रतिशत नतिजा ल्याउन सबै प्रयाहरु गरिने बताए । प्रअ अधिकारीले विद्यार्थीका अतिरिक्त बालबालिकालाई पढ्ने उचित वातावरण दिने अभिभावक, दिनरात मेहनत गर्ने शिक्षक लगाएत विद्यालय परिवार वधाईको पात्र भएको उल्लेख गर्दै आगामी दिनमा पनि अभिभावकको निरन्तरको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
एसईईमा सफल हुने दाजु दिदीहरुलाई कक्षा ११ पढ्न विद्यालयमै स्वागत गर्दै कक्षा १० की छात्रा एलिसा बरालले अग्रजहरुको लगन र मेहनतबाट आफुहरुलाई पनि थप मेहनत गर्ने उर्जा र प्रेरणा प्राप्त भएको उल्लेख गर्दै आगामी वर्षको एसईई नतिजा पनि सतप्रतिशत बनाउन आफुहरुले सकेको मेहनत गर्ने बताईन् ।
सफल हुने विद्यार्थी, तिनका अभिभावक तथा विषय शिक्षकलाई समेत सम्मान गरिएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुर्खालीको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र जिसीले गरेका थिए ।

Related posts

भूकम्पीय सुरक्षा जनचेतना सभा

admin

‘मुलुकको हितमा गठबन्धन’

admin

गुरु पूर्णिमा व्यासको विदा

admin