29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

शुसासन विकास तालिम

दमौली/गण्डकी प्रेश प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेशको आयोजना, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेश र गैर सरकारी संस्था महासंघ तनहुँको समन्वयमा दमौलीमा दुई दिवसीय शुसासन विकास तालिम सम्पन्न भएको छ ।
तनहुँ, कास्की, नवलपुर र स्याङ्जा गरी चार जिल्लाका नागरिक समाजका प्रतिनिधिहरुलाई विकास सुशासन, सेवा प्रवाह, नागरिक निगरानी सम्बन्धी प्रदेश स्तरीय तालिम प्रदान गरिएको हो ।

तालिम समापनको क्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले संघीय व्यवस्थाले नागरिकको वाक स्वतन्त्रलाई सुनिश्चित गरेको बताउनुभयो । नागरिक सचेत भई नेतृत्वलाई प्रश्न राख्न सकेमात्र मुलुकमा समृद्धि हाँसिल हुने बताए ।
तालिममा गैर सरकारी संस्था महासंघ कास्कीका निवर्तमान अध्यक्ष डा.वुद्धि थापा र गैरसरकारी संस्था महासंघ कास्कीका सदस्य वविन नेपालीले सिप र नेतृत्व विकास लगायत शुसासनमा मुलुकको वर्तमान अवस्थाको बारेमा सहजिकरण गरेका थिए ।
शनिबार र आइतबार भएको सो कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशकी सदस्य तारादेवी खण्डुलक थापा, गैरसरकारी संस्था महासंघ नवलपुरकी कोषाध्यक्ष निर्मला पौडेल, गैर सरकारी संस्था महासंघ का कास्कीका सहसचिव शिव शर्मा चापागाई, गैर सरकारी संस्था महासंघ तनहुँका सदस्य शुशिला शर्मा, अपांगता अधिकारकर्मी मदन पौडेल र गैर सरकारी संस्था महासंघ स्याङ्जाका सदस्य आयुष पुर्कोटी लगायतले बोलेका थिए ।
गैर सरकारी संस्था महासंघ तनहुँका सहसचिव पूर्ण विकेले संचालन गरेको कार्यक्रममा गैर सरकारी संस्था महासंघ तनहुँका अध्यक्ष सरलादेवी श्रेष्ठले समापन गर्नुहुँदै तालिममा सिकेका सिपलाई व्यवहारमा लागु गर्न सबै सहभागिलाई आग्रह गर्नुभयो ।
तालिममा तनहुँ, कास्की, नवलपुर र स्याङ्जाका ३५ जना नागरिक समाजका प्रतिनिधि सहभागी थिए ।

Related posts

अर्थमन्त्रीको आर्थिक स्थितिपत्र-भूमिकामा विगतलाई गाली, भित्री विवरणमा ताली

Deepak Joshi

अन्तरक्रिया कार्यक्रम सम्पन्न

admin

क्यान्सर पिडित आर्थिक सहयोग जुट्दै

admin