Tanahun Awaj
समाचार

पीडितको साथमा रेडक्रस

कोटदरवार/नेपाल रेडक्रस सोसाईटी कोटदरवार उपशाखाले अग्नि पीडितलाइ नगद तथा अतिआवश्यक सामाग्री सहयोग गरेको छ । आफ्नो अधिवेशनको अवसरमा मंगलबार सो सहयोग अग्नी पीडित शनिसरा आले मार्फत परिवारलाइ हस्तान्तरण गरेको हो । उपशाखाले ४२ जना मनका धनी दाताहरुको समेत जनही पन्ध्र सयदेखि पन्ध्र हजारसम्म दान जुटाएर एकमुष्ठ एक लाख एकाउन्न हजार भन्दा बढी आर्थिक तथा जीन्सि सहयोग हस्तान्तरण गरेको कोटदरबारबाट उपशाखा सभापति इन्द्रबहादुर आलेले बताउनु भयो । सो रकममा दुई एक पचास रुपयाँ बराबरको भाँडाकुडा खरिद गरेर दिइएको थियो ।

Related posts

व्यासको कार्यापालिका बैठक

admin

गठबन्धन टुट्दा झल्यास्स भयो का“ग्रेस संविधान जोगाउन होइन, सत्तालिप्साको ठगबन्धन

admin

नयाँ आर्थिक बर्षको परपजनी

admin