Tanahun Awaj
समाचार

छुवाछुत उन्मुलन दिवसमा विदा

दमौली/तनहुँका दशवटै स्थानीय सरकारले आफ्नो पालिका भित्र छुवाछुत उन्मुलन दिवस जेठ २१ गते बुधबार स्थानिय विदा दिएका छन् । पालिकाहरुले प्रेस विज्ञप्ति मार्फत सो स्थानिय विदाको जानकारी गराएका हुन् ।
सामाजिक सद्भाव र समानताको सन्देश दिने हेतुले २०६३ सालको जेठ २१ गते नेपाल सरकारले नेपाललाइ जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसबर्षदेखि हरेक बर्षको जेठ २१ गतेलाइ जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रुपमा मनाउने निरन्तरता चलेपछि यस बर्ष तनहुँका दशवटै स्थानीय सरकारले पालिकाभित्र सार्वजनिक विदा दिने घोषणा गरेका छन् ।
हरेक बर्ष जेठ २१ गतेलाइ जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रुपमा सार्वजिनिक विदा घोषणा गर्न स्थानीय सरकार तथा संघीय सरकारलाइ संयुक्त राजनीतिक दलित संघर्ष समितिले निरन्तर दवाव दिदै आएको अध्यक्ष डोवाटे वि क ले बताउनु भयो ।

Related posts

व्यासको जन्मस्थलमा धर्म गुरुहरुको जमघट

admin

आयोजना प्रभावितको अधिकारप्रति चासो

admin

घर नक्सा निःशुल्क

admin