24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

नगरप्रमुखको सहजीकरणबाट खुल्यो तालाप्राविधिक समस्याले तालाबन्दीसम्म पुग्यो समस्या

शुक्लागण्डकी/शुक्लागण्डकी नगर प्रमुखको कार्यालयमा लागेको ताला केही बेरमै खुलेको नगरप्रमुख कृष्णराज पण्डितले बताउनु भयो ।
शुक्लागण्डकी वडा नं. १० लोकदीटारका बासिन्दाले नगरपालिकाको कार्यालयको मूल गेटमा बैशाख २३ गते साँझ ताला लगाएका थिए । बैशाख २४ गते नगरप्रमुखको कार्यकक्षमा ताला लगाएका नगरवासीहरुसंग नगर बाहिर रहेका नगरप्रमुख भेटभई छलफल भएपछि केही बेरमा नै सहमति जुटी ताला खुलेको थियो ।
वडा नं. १० को छाब्दीमा पहिल्यै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छ । यही जिल्लाका स्वास्थ्य मन्त्री प्रदीप पौडेल भएका बेला लोकदीटारका बासिन्दाको पहलमा वडासंग सिफारिस मागेर बजेट माग गरे । बजेट ल्याउने कुरामा उदार बन्दै वडाकार्यालयले सिफारिस दियो । अहिले स्वास्थ्य मन्त्रालयबाट ३८ लाख बजेट पनि प¥यो । आधारभूत स्वास्थ्य केन्द्रको भवन बनाउने सवालमा बजेटमा लोकदीटार नै भनेर नलेखेको हुँदा भवन निर्माणका लागि बजेट आएको हो । सो बजेटले भवन त्यही बनाउने वा अर्को ठाउँमा बनाउने सोही वडाका २८ टोलले निर्णय गरेर आउँदा जाँहा पनि बन्न सक्ने नगरप्रमुखको धारण रहेको छ । सहमति नजुटेमा भैरहेकै ठाउँमा बन्न विवाद नगर्न सम्झाउँदै नगरपालिकाले ४० लाख खर्च गरेर पनि लोकदीटारमा शहरी स्वास्थ्य केन्द्र पारिदिन्छु भनि आश्वस्त खोजेपछि तालाबन्दीकर्ता नगरवासीले त्यो आश्वासनलाई लिखित रुपमा नै मागे । नगरप्रमुखले नगरवासीको मागलाइ सम्बोधन गर्दै लिखित रुपमा सहमति गरिदिएको नगर प्रमुख पण्डितको स्पष्टोक्ति थियो ।
लोकदीटारका वासिन्दा र सो क्षेत्रमा आधारभूत स्वास्थ्य केन्द्र बन्दा लाभान्वित हुने नगरवासीले आफूहरुले मेहनत गरेर बजेट माग गरेर पार्ने अहिले बजेट आई सकेपछि लोकदीटारमा आधारभूत स्वास्थ्य केन्द्रको भवन बन्न नदिन खोजेको आशंका गरेर तालाबन्दीमा उत्रेका थिए । हिजो बजेट माग गर्ने बेलामा सिफारिस दिने अहिले बजेट पारेपछि भवन बनाउन सहमति नदिनुको कारण के थियो भनेर वडाध्यक्ष राजेन्द्र भट्टराईसंग सम्पर्क गर्न खोज्दा उहाँको मोवाइर्ल स्वीच आफ भएको पाइयो । सम्पर्क हुन सकेन ।

Related posts

ऋषिङ गाउँ पालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनः

admin

आसन्न स्थानीय तह निर्वाचन केन्द्रित दौडाहमा नेताहरु जोशीको पाँचौ चरण सार्वजनिक

admin

पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ

admin