28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

१३६औं विश्व मजदुर दिवस-सम्पादकीय


हामीले एक बर्ष अगाडि आजकै दिन ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नारा तय गरेर १३५औं विश्व मजदुर दिवस मनाइएको थियो । यो एकबर्षको उपलब्धिको समिक्षा समयले गर्ला । हाम्रो लागि विश्व मजदुर दिवस मनाउनुको अन्तर्य, राष्ट्रिय विदा दिनुको तत्पर्य आजको चर्चा र चासोको विषय हो ।
न् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारा सहित सुरु भएको मजदूर आन्दोलनको उपलब्धि स्वरुप पाएको सुविधाबाट लाभान्वित मजदुरहरुले आजको दिनलाई उल्लासमय वातावरणमा सफलताको इतिहास सम्झने दिन भएका नाताले मजदुरहरुलाई विदा दिइएको हो । सोही दिनको सम्झनामा हरेक बर्षको मे १ तारीखलाई विश्व मजदुर दिवस को रुपमा मनाउन थालिएको हो ।
अब हाम्रो सरोकारको विषय मजदुरको पहिचान हो । को हो मजदुर ? यो दिवसले मजदुरको लागि अघिल्लो बर्ष गरेको कबूल पुरा ग¥यो ? विगतमा गरेको कबूल पुरा ग¥यो ? हरेक राजनीतिक आन्दोलनका अस्त्र बनेका मजदुरहरुको दैनिकीमा आन्दोलनको सफलताले के सुधार
ल्यायो ? के उपलब्धि दियो ? राजनीतिक कार्यकर्ताको तुलनामा मजदुरहरुको दैनिकी सुख, सयल, मोज, मस्तीमा रुपान्तरण भयो ? शिक्षक, कर्मचारी अर्थात मासिक वेतनका हकदार हो कि दैनिक ज्यालादारीमा काम गर्ने हो मजदुर ? विश्व मजदुर दिवस ‘आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जन’ को सुविधा पाएको मजदुर जनशक्तिले मात्रै मनाउने हो वा मजदुर दिवस मनाउन जाँदाको दिनको निमेक नपाउने मजदुरले पनि मनाउने हो ? सरकारी विदा भएपछि त्यो दिनको दिवस मनाउन जाँदा कोही मजदुरले पारिश्रमिक पाउने, कोही मजदुरले पारिश्रमिक नपाउने भयो भने यो सार्वजनिक विदाले वास्तविक मजदुरलाई लाभान्वित ग¥यो कि प्रताडित ?
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ को सुविधा पाउने मजदुर र मजदुरी गरेको दिनको मात्र ज्याला पाउने मजदुर राज्यको लागि समान हुनुपर्दछ । मजदुर दिवसमा सार्वजनिक विदा दिने राज्यले आजको दिनमा मजदुरी नपाएर ज्याला नपाउने वा मजदुर दिवस मनाउन गए वापत ज्याला नपाउने मजदुरलाइ उसले पाउने ज्याला राज्यले नै दिनु पर्दछ । त्यतिबेला मजदुर दिवसमा राज्यले दिएको सार्वजनिक विदाको उपादेयता पुष्टि हुन्छ । अन्यथा वास्तविक मजदुर ज्याला गर्न नपाएर सार्वजनिक स्थानमा यात्रुको प्रतिक्षा, भारीको प्रतिक्षा, ठेकदारले दिने कामको प्रतिक्षा गर्दा गर्दा नपाएर निरास भएर रित्तो हात घर फर्कन पर्ने वस्तविक मजदुरको लागि राज्यले उपेक्षा गरेको हुन जान्छ । ‘दिवस’ मजदुर सबैको बन्न सकोस् ।

Related posts

सफाई पाउँदा पनि चित्त नबुझ्ने अवस्था

Deepak Joshi

स्थानिय निकाय युवाको हातमा

admin

सम्झनामा मदन–जीवराज -सम्पादकीय

Deepak Joshi