19 C
Damauli
October 28, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

रेडक्रसको गरिमा बचाऔं-सम्पादकीय

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिहरूको अन्तर्राष्ट्रिय महासंघको अनुपालन तथा मध्यस्थता समितिले नेपाल रेडक्रस सोसाइटीको आबद्धता खारेज गर्न सिफारिस गरेको विषय सार्वजनिक भएसंगै नेपाल रेडक्रस सोसाइटीको अस्तित्व संकटमा परेको कुराले रेडक्रस प्रेमि नेपालीलाई पिरोलेको छ । आधा दशकदेखि विवादमा रहेको रेडक्रसमा समस्या समाधान गर्नुभन्दा सरकारले यसलाई कार्यकर्ता भर्ती केन्द्र बनायो ।
जो सरकारमा गयो उसले पुरानो समिति भंग गर्ने र आफू निकटको समिति राख्ने काममात्रै ग¥यो । भ्रष्टाचार, अनियमितता आदिका कारण थिलथिलो भएको नेपाल रेडक्रस अब प्रतिबन्धको अवस्थामा नै पुगेको छ । भनिरहनु परेन विश्व समुदायको विश्वासको केन्द्रको रुपमा रहेको रेडक्रस र त्यसको भगिनी संस्था नेपाल रेडक्रस प्रतिबन्धको अवस्थामा पुग्नु दुःखद कुरा हो र लज्जास्पद पनि ।
भागवण्डाको नाममा रेडक्रसको विधान विपरित राष्ट्रिय समिति बनाउने मात्र होइन पछिल्लो समयमा रेडक्रसमा बढ्दो भ्रष्टाचार र वेथितीले यसको सात मुल मन्त्रको नै खिल्ली उडाएको भान हुन थालेको छ । मानवताको मूलमन्त्र मात्र होइन, निष्पक्षता, तटस्थता, स्वाधिनता, एकता, ऐच्छिक सेवा जस्ता सिद्धान्त अनुसरण गरेको नेपाल रेडक्रस के यि सिद्धान्तको अनुपालनमा प्रतिबद्ध छ ? भनेर प्रश्न गर्ने प्रसस्त ठाउँ रहेको छ ।
केही स्वार्थ प्ररित मानिसको रेडक्रसमा प्रवेश र नेतृत्वमा आगमन तथा नेतृत्वसम्मको पहुँचले पवित्र यो संस्था विस्तारै धमिलिँदै गएको छ । रेडक्रसलाई धमिल्याउनेहरूले सोच्नु पर्ने के हो भने तिमीहरूको व्यक्तिगत स्वार्थका कारण दुःखमा परेकाहरूको निस्वार्थ सेवा गर्ने भनेर विश्व समुदायको विश्वास आर्जन गरेको यो संस्थाको विश्वसनियता गुम्न लाग्यो । एकपटक गुमेको विश्वास पुनः आर्जन गर्न झण्डै असम्भव काम हो । त्यसैले आफ्नो सानो स्वार्थ पूरा गर्ने नाममा रेडक्रसको गरिमालाई धुलिसात बनाउने काम नगरौं । र विश्वव्यापि विश्वास कमाएको संस्थाको गरिमा बचाउन हामी सबै लागि परौं ।

Related posts

(अ)व्यवस्थित दमौली-सम्पादकीय

Deepak Joshi

माथिल्लो मुस्ताङ बुझाउने ‘तोरकीन’

Deepak Joshi

सत्ता सोपान

admin