Tanahun Awaj
समाचार

सामाजिक सद्भाव उन्मुख महोत्सव

दमौली/व्यास नगरपालिकाले फागुन सात गते बुधबारबाट त्रिदिवसीय वहुजातीय साँस्कृतिक महोत्सवको आयोजना गरेर विग्रदो सामाजिक सद्भाव कायम गर्न पहल गरेको आमनागरवासीको सकारात्मक टिप्पणी रहेको छ ।
लोपोन्मुख आदिवासी कुसुन्डा जातिको प्रतिनिधिको रुपमा नावालिकालाइ मञ्चासिन गराएर नगरपालिकाले सबै जातजातिको मञ्चिय सहभागितालाई प्रोत्साहन गरेको थियो भने खानपान, भेषभुषा, जातिय संस्कृति अनुसारको झाँकीलाइ निम्तो दिएर प्रोत्साहन स्वरुप यातायात खर्च भनेर प्रतिझाँकी दश हजार दिएर जातिय संस्कृति, पहिचान र संस्कारको संरक्षण, जगेर्ना गर्ने पहलकदमी देखाएको छ ।

भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्ने घोषित उद्धेश्यले व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको समन्वयमा यो महोत्सव शुरु भएको हो । फागुन ९ गते सुक्रबारसम्म दमौलीको खुल्ला मञ्चमा मगरको कौराह र झाम्रे, गुरुङ्गको रोदी र घाँटु, बाहुनको बालन, दरैको कौराह चुड्का, कुमालको पाउदुरे नाँच, नेवारको लाखे जस्ता फरक फरक सांस्कृतिक नाँचगान साथसाथै खानाका पनि फरक फरक स्टल सञ्चालन हुनेछ । यो मञ्चले बहुजातिय सामाजिक सद्भावलाइ समन्वय गर्न सक्ने विश्वास गरिएको छ ।

Related posts

घिरिङमा निवृत्त शिक्षक भेला तथा सम्मान

Deepak Joshi

नेपाली लोकतन्त्रमा सानालाई ऐन ठूलालाई चइन
राजनीतिक पहू“चवालाका अगाडि प्रक्रिया झुक्छ

admin

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin