22.9 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

पचास अंक भन्दा कम ३५ अंक ल्याइ नेपाल १०७औंबाट १०८औं भ्रष्ट देश

अधिकार सम्पन्न स्वायत्त अख्तियार– जनअपेक्षा

दमौली/सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना दिवस मनायो । भ्रष्टाचार नियन्त्रणको लागि नेपालको संवैधानिक निकायको रूपमा स्थापित यो संस्थाको स्थापना भएको ३४ वर्ष भएको छ । आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ तथा विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ ।

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रूपमा विक्रम सम्वत २०४७ साल माघ २८ गते स्थापना भएको आयोगको उद्देश्य अख्तियार दुरूपयोगमुक्त राज्यसंयन्त्रको माध्यमबाट सुशासनलाई सुदृढ गरी अनुशासित समाज स्थापना गर्ने तथा अनुचित कार्य वा भ्रष्टाचार विरुद्धको कारबाहीलाई समन्वयात्मक ढङ्गले सशक्त बनाई सुशासन कायम गर्न टेवा पु¥याउने रहेको छ । तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका पछिल्ला प्रतिवेदनहरूले यो संस्था आफ्नो उद्देश्य अनुरुप चल्ने काममा प्रभावकारी भए नभएको बारे प्रश्न गर्न थालिएको छ ।
अख्तियारले आफ्नो ३४ औं स्थापना दिवस मनाइरहेको बेला प्रकाशित ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्याङ्कले अख्तियारको कार्यक्षमतामा प्रश्न गर्ने ठाउँ दिएको छ । इन्टरनेसनलले प्रकाशित गरेको सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल भ्रष्टाचार हुने देशको सूचिमा ३४ अंक सहित १०७ औं स्थानमा छ । १०० मा ३४ अंक पाएको नेपाल सर्वेक्षणमा सहभागी १८० मुलुक मध्ये १०७ औं स्थानमा रहेको हो । अझ विडम्वना त के छ भने नेपाल अघिल्लो वर्ष ३५ अंक सहित १०८ औं स्थानमा थियो । सूचकांकमा जति कम अंक हुन्छ, त्यति नै भ्रष्ट मुलुक मानिन्छ । ५० भन्दा कम अंक ल्याउने मुलुकलाई ट्रान्सपरेन्सीले भ्रष्ट मुलुकको सूचिमा राख्ने गरेको छ ।
राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि नहुँदासम्म भ्रष्टाचार निवारणको कुरा, कुरा मै सीमित हुने पक्का छ । यसैगरी सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यावसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न जरुरी देखिन्छ । अख्तियारको एकल प्रयासले भ्रष्टाचार निमूल पार्नु सम्भव छैन तर अख्तियारी पाएको निकायको प्रभावकारी कार्यसम्पादनले अवश्य सकारात्मक नतिजा दिनेछ । आशा गरौं, आगामी दिनमा अख्तियार अझ प्रभावकारी हुँदै जाने छ ।

Related posts

घिरिङ्गका आमालाई उद्घोषण तालिम

admin

तनहुँ समाज हङकङद्वारा विद्यार्थीलाई सहयोग

admin

अभिमुखीकरण कार्यक्रममा सहभागि छात्राहरु

admin