Tanahun Awaj
Uncategorized

परिषद पार्षदमा तनहु केन्द्रबाट दयाराम गौतमलाइ ४० र नारायणप्रसाद शर्माले ३१ मत एक मतदाताले दुबै उम्मेदारलाइ दिए मत

नेपाल कानून व्यवसायी परिषदको पार्षद सदस्यको लागि माघ २७ गते शनिबार देशभर मतदानको मत परिणाम ४:२० मा सार्बजनिक गरिएको छ ।

परिणाम अनुसार दयाराम गौतमले ४० मत पाए भने नारायणप्रसाद शर्माले ३१ मत पाए । एक जना अधिबक्ता मतदाताले प्रतिष्पर्धि दुबै उम्मेदवारलाइ मतदान गरेर नमूना मतदाता बने ।
तनहु जिल्लाले पनि मतदान केन्द्र पाएको छ । तनहुँ जिल्लामा मतदाता संख्या ३७ रहेको कारण मतदान केन्द्र पाएको तनहु बार अध्यक्ष डम्बरदेब हड्खलेले बताए । यस पटक तनहु बारमा आबद्ध रहेका बरिष्ठ अधिवक्ता बैकुण्ठ न्यौपाने र बिजयकुमार शाहीको सदस्यता नविकरण छुटेको कारण दुइ मत घट्न पुगेको छ ।
कूल ७२ मतदाताले मतदान गर्ने तनहुँ केन्द्रबाट गोरखाको १० मत खसिसकेको छ । नवलपुर को पुरै २१ मत खसेको छ । लमजुङको ४ मत समेत बाहिर जिल्लाको मत ११ बजेभित्रै खसेको सचिब हरिमान श्रेष्ठले बताए । ३:०० बजेसम्ममा तनहु केन्द्रबाट खस्न पर्ने ७२ मत पुरै खसेको मतदान समितिले जनाएको छ । मतदानको समय ४ बजेसम्म तोकिएकोमा एक अगाडि नै सतप्रतिसत मतदान भएको तनहु बारका उपाध्यक्ष शिबराज काफ्ले बताए ।

Related posts

बन्दाबन्दी तीज

admin

भेंडा नै हो त ?

admin

विद्यार्थीको शिक्षण अनुभव

admin