22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

कति शान्त दिपावली !

विगतका बर्षहरुमा ध्वनि प्रदुषण, सातो खाने विष्फोटन, खुलमखुल्ला जुवाले विल्लीवाठ जस्ता असान्त आक्रान्त दीपावली भोग्दै आएका नेपालीहरुका लागि यस पटकको प्रशासनिक सुरक्षा व्यवस्था र सक्रियताले दिपावली शान्त बन्न पुगेको छ ।

आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अघिकार माथि हस्तक्षेप गर्न नपाईने मौलिक हकको प्रत्याभूति दिने राज्यले हो । नेपाली मौलिकताभित्र नपर्ने पटकावाजी विस्फोटनलाई नियन्त्रण गर्न राज्यले देखाएको सक्रियता र पाएको सफलताको सह्राना गर्नै पर्दछ । साथसाथै सामाजिक अर्थव्यवस्था माथि नै हस्तक्षेप गर्ने, परिवारको विचिल्ली बनाउने जुवालाई नियन्त्रण गर्न पनि राज्य केही हदसम्म सफल भएको छ । कार्यक्षेत्रमा खटिने, दिनरात नभनि जोखिम मोलेर कर्तब्य निर्वाह गर्ने सत्यं सेवां सुरक्षणंको सपथ खाएका सुरक्षाकर्मिहरुको त्यो हदसम्मको कर्म प्रसंसनीय छ ।

सुरक्षाकर्मि, राज्यको जिम्मेवार निकायमा बसेका अधिकारी, पदाधिकारीहरुले आफ्नो कर्तब्य नभुल्ने हो भने शान्ति सुव्यवस्थामा कहिकतैबाट खलल हुन सक्दैन पाउँदैन भन्ने तथ्य यस पटक स्पष्ट भएको छ । आमनागरिकका लागि अवैध भएको कर्म त्यसको नियन्त्रण र नियमन गर्नेहरुका लागि पनि अवैध नै हुन्छ र दण्डनीय पनि भन्ने कर्तब्यवोधका साथ कर्तब्य निर्वाह गर्नेहरु भने राज्यको बलियो उपस्थितिको अनुभव न्यायापेक्षी आमनागरिकलाई हुनेथियो ।

यो सम्पादकीय लेखेर शान्ति सुव्यवस्थाको प्रसंसा गर्दै गर्दा नजिकै पड्केको पटकाले मेरो लेखनीलाई नै अवरुद्ध पार्ने गरी झस्काउँदा फेरी एक पटक सुरक्षा व्यवस्थालाई फाट्टफुट्ट पट्केको पटकाले अवैध विस्फोटक पदार्थ भित्रिइसकेको तर्फ चनाखो रहन आग्रह गर्नै पर्ने अवस्था आयो । अन्त्यमा विगतमा जस्तो पटका, जुवा र देउसी भैलोले यसपटक आमनागरिकलाई हैरानी नदिने अवस्थाको सिर्जना गर्ने सम्बद्ध सबैलाई धन्यवाद सहित कर्तब्य निरन्तर निर्वाह गर्न आग्रह समेत गर्दछौं ।

Related posts

हाम्रा चेलीको व्याथा: पर सरेको होइन सारिएको

admin

सत्यवतीमा स्वागत तथा शुभकामना कार्यक्रम

admin

सम्मान प्रोत्साहनको साथ बार्षिकोत्सव

admin