Tanahun Awaj
समाचार

चौतारीमा पुनः श्रेष्ठ

दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा पुनः राजकुमार श्रेष्ठ विवि चयन भएका छन् ।
मंगलबार आयोजित शाखाको दशौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी र सदस्यहरुमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत चयन भएका छन् । साथै अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन भएका छन् ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देल, नेकपा (एमाले) का जिल्ला सचिव प्रदीपराज अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकाल, प्रेस चौतारी तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मिया लगायतले बोलेका थिए ।

Related posts

घर जहाँ कोही एक रात बसेन

admin

विद्यार्थीलाई पोशाक तथा जुत्ता वितरण

admin

मतदान केन्द्र

Deepak Joshi