28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

गजल

रस्मिका सुवेदी
शिक्षकः श्री जन जुक्त
शाही मावि साँगे

इमान्दारिताको फाइदा उठाउँछन् किन मान्छेहरू
अरुको अपमानमा रमाउँछन् किन मान्छेहरू
खाने थाल एउटै छ एउटै छ कर्मभूमि
त्यै पनि भाग लगाउँदा हात कमाउँछन् किन मान्छेहरू
न्यायाधीश नै हुने भए बुझ्नु नी कर्तव्यशीलता
व्यर्थै चित्त दुखाएर जलाउँछन् किन मान्छेहरू
बोल्नेलाई ज्यू ज्यू हजुर नबाेल्नेलाई निचोर्ने
अन्यायकै डोरी समाउँछन् किन मान्छेहरू
दुनियाको मतलब छैन आफ्नै कर्ममा हाँस्नेलाई
बेला बेला घोचेर नै रुवाउँछन् किन मान्छेहरू
चित्त उसको दुख्ला भन्ने सोचाइ छैन यहाँ
एकोहोरो तगारोले खेद्छन् किन मान्छेहरू
एकोहोरो तगारोले खेद्छन् किन मान्छेहरू

Related posts

विश्व पर्यटन दिवस र नेपाल भ्रमण वर्षका अपेक्षा -सम्पादकीय

admin

नागरिक प्रश्न कहिले पूर्ण हुन्छ ? शान्ति प्रक्रिया

admin

क्षत–विक्षत बनाइयो गुणादी महेन्द्रपुरलाई

admin