22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

ऋषिङमा कौरा नृत्य प्रतियोगिता

ऋषिङ/ऋषिङमा मगर समुदायको लोकप्रिय कौरा नृत्य प्रतियोगिता आइतबार हुने भएको छ ।
ऋषिङ गाउँ पालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी द्वितीय हुने टिमले नगद ४५ हजार र प्रमाणपत्र, तृतीय हुने टिमले नगद २५ हजार र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
एक समुहमा नृत्य, वाद्यवादन सहित कम्तिमा १५ र बढीमा २० जना सहभागी हुन पाउने छन् । नृत्य प्रस्तुतीका लागि २५ मिनिटको समय उपलब्ध हुनेछ भने वाद्यवादकको व्यवस्था सहभागी समूह आफैले व्यवस्था गर्नुपर्ने पालिकाको सूचनामा उल्लेख छ ।

Related posts

महोत्सव उद्घाटन प्रमबाट

admin

दुई दिने निःशुल्क स्वास्थ्य शिविर

admin

राम्जाकोटको राष्ट्रिय कोदो दिवस

admin