18.2 C
Damauli
October 17, 2026
Tanahun Awaj
समाचार

चौतारीको अधिवेशन माघ २२ मा

दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर अधिवेशन गर्ने निर्णय गरिएको सचिव ऋषिकान्त दुवाडीले बताए ।
बैठकले शाखा अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । जसअनुसार प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रचारप्रसार उपसमितिमा सचिव ऋषिकान्त दुवाडी, आर्थिक सङ्कलन उपसमितिमा उपाध्यक्ष कृष्ण न्यौपाने, स्वागत सत्कार उपसमितिमा उपाध्यक्ष सम्झना रसाइली र खाना खाजा व्यवस्थापन उपसमितिमा सहसचिव किरण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ ।

Related posts

स्मृति दर्पणको लोकार्पण

admin

सामसुम नहोस् एनसेल प्रकरण – सम्पादकीय

admin

भोलीदेखि पाँचौ शुक्लागण्डकी महोत्सव

Deepak Joshi