26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

दोस्रो पटक धरौटीमा रवि

दमौली/राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर दोस्रो पटक छुटेका छन् । यस अघि कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी राखेर तारेखमा रहेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट ६० लाख धरौटी माग्ने आदेश भएपछि रविले सो धरौटी बुझाइ तारेखमा छुटेका हुन् । आदेशलगत्तै बैंक ग्यारेन्टी मार्फत् रविले धरौटी रकम बुझाएका हुन् ।
रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । काठमाण्डौ पछि बाँकी दुई अदालतमा रवि उपस्थित हुनुपर्नेछ ।

Related posts

नयाँ वर्षमा बन्दिपुरमा सडक खाना महोत्सव

admin

कमलबारीमा फुटबल प्रतियोगिता

admin

बढेको रुखले असुरक्षित महानगरभित्रका सडक

admin