29 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

चौथो ऋषिङ अल्ट्राम्याराथन

ऋषिङ/ऋषिङ गाउँ पालिकाको आयोजनामा पौष २७ गते चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार ऋषिङ प्रवेशद्वार धारुङबाट प्रारम्भ हुने प्रतियोगिता वडा नं ३ को दुभुङ स्थित भूटावरमा पुगेर समापन हुने छ ।
४२.२ किमी अल्ट्रा म्याराथनको रुट धारुङबाट रानी पोखरी, शिवसरस्वती मावि, वडा नं ७ को कार्यालय, अर्खलाछाप, केराउदी, काफलडाँडा, पुरानो ऋषिङ, धरमपानी, पुरानो ऋषिङ चालिसे, गापा कार्यालय, गोठादी, ढुङ्गाडे, चालिसे, थप्रेक, भिर्काेट, अर्चल्दी, दाङश्री, काफलडाँडा, रिजाल्दी, मौरीवास, दुबुङ हुँदै दुबुङ भूटावर हुने आयोजकले जनाएको छ ।
पौष २६ गते ४ बजेसम्म सहभागी हुन चाहने धावकले निःशुल्क नाम दर्ता गर्न सक्ने पालिकाले जनाएको छ । धावकहरुका लागि २६ गते नै अभिमुखिकरण कार्यक्रम समेत रहेको जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने धावकले नगद रु ६५ हजार पुरस्कार पाउने छन् । यसैगरी द्वितीय हुने धावकले नगद रु ४० हजार, तृतीय हुनेले नगद रु २५ हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने धावकले नगद रु १० हजार प्राप्त गर्ने छन् । यी सबै पुरस्कार कर बाहेक हुने आयोजकले जनाएको छ ।
खेलकुद मार्फत पर्यटनको विकास गर्ने लक्ष्यका साथ ऋषिङ गाउँ पालिकाले अल्ट्रा म्याराथनका अतिरिक्त महिलाका लागि ७ किमीको दौड , भलिबल प्रतियोगिता लगाएत गर्दै आएको छ ।

Related posts

प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता

admin

व्यास नगरप्रमुखको पुनः मतगणना असार दुईमा, उच्च अदालतले गणनामा औंल्याएका सात त्रुटीहरु

admin

चौतारीको अधिवेशन माघ २२ मा

admin