21 C
Damauli
October 24, 2026
Tanahun Awaj
समाचार

प्लाष्टिक झोला मुक्त व्यासकार्यान्वयन फितलो, संशयको घेरामा प्लाष्टिक मुक्ति

रमेश विकल
नगरपालिकालाई प्लाष्टिक झोला मुक्त घोषणा गरिएको एकसय १९ औं दिनमा आएर व्यास नपाले फेरी व्यवसायी र उपभोक्तालाई अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।
गत जेठ १ बाट नगरपालिकालाई प्लाष्टिक झोला मुक्त घोषणा गरिएको भएपनि यसको कार्यान्वयन प्रभावकारी नभएपछि बुधबार विज्ञप्ती प्रकाशित गर्दै सबै पक्षको सहयोगका लागि नपाले आग्रह गरेको हो ।
प्लाष्टिकका कारण वातावरणीय सरसफाइमा परेको नकारात्मक असरलाई मध्यनजर गर्दै व्यासले बैशाख २३ गते नगर कार्यपालिकाको बैठकबाट व्यासनगर प्लाष्टिकजन्य बस्तु प्रतिबन्ध संम्बन्धि कार्यविधि २०८१ पारित गरी सोको कार्यान्वयन गर्न जेठ १ बाट नपा भित्र प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । मानव स्वास्थ्यको ख्याल राख्दै तथा वातावरणीय सुन्दरता र सरसफाइ कायम राख्न समेत कुहिन वर्षाै लाग्ने तथा पोलेर नष्ट गरौं भने विषाक्त ग्याँस उत्सर्जन गर्ने प्लाष्टिक झोला प्रतिबन्ध अत्यावश्यक छ । तर व्यासमा त्यसको कार्यान्वयन भने प्रभावकारी हुन सकेन । बैठक, अन्तरक्रिया तथा छलफलहरुमा व्यवसायी तथा उपभोक्ताले प्रतिबन्ध आवश्यक रहको बताउने र प्रतिबन्धमा सहयोग गर्ने बताएपनि व्यवहारमा ल्याउने बेला अपेक्षित सहयोग गरेको पाइएन । प्रतिबन्धको सात महिना बितिसक्दा पनि बजारमा अझै प्लाष्टिकका झोला प्रयोग भएको देखिने गरेको छ ।
पालिका भरीका जनप्रतिनिधि, व्यवसायी, टोलविकास संस्था लगाएतसंग छलफल र परामर्श गरेर प्रतिबन्धको घोषणा भएको भएपनि प्लाष्टिकका झोला, कप र प्लेटका उल्लेख्य कमी आएको छैन । निषेधित प्लाष्टिक जन्य वस्तुहरुको प्रयोगलाई न्युनिकरण गर्दै शुन्यमा पु¥याउनका लागी सम्पुर्ण नगरवासीलाई नियमित सु–सुचित गराउंदै नगरपालिकाद्वारा बजार अनुगमन, निरीक्षण गरी ऐन विपरीत गर्नेहरुबाट निषेधित वस्तुहरु जफत गर्ने तथा ऐन बमोजिम जरिवाना गर्न आवश्यक छ । तर राजनैतिक वा अन्य दवाव र प्रभावमा पर्दा मानव स्वास्थ्य जस्तो महत्वपूर्ण विषय जोडिएको नगर पालिकाको निर्णय फितलो बन्दै गएको छ । व्यवसायीहरु उपयुक्त विकल्पको व्यवस्था नगरी प्लाष्टिक निषेध गरिएको भन्दै निर्णयका अवज्ञामा रमाएका छन् भने उपभोक्ताको अवस्था पनि त्यस्तै छ । अवज्ञा गर्नेहरुलाई दण्ड तथा जरीवानाको व्यवस्था गरिएको छ तर कडाइका साथ यसको कार्यान्वयन नहुँदा अवज्ञा गरेर के भो र दण्ड सजाए पाउने वा जरिवाना तिर्नु पर्ने होइन भन्ने ढंगले आम नागरिकले सोच्ने गरेको र सोही अनुसार गर्ने गरेको देखिएको छ ।
यसैबीच व्यास नपाले पौष ३ मा विज्ञप्ती प्रकाशित गर्दै लाष्टिकजन्य भोला कप र प्लेटलाई प्रयोग नगर्न । सोको सट्टमा वातावरण मैत्रि पुन प्रयोग गर्न सकिने वैकल्पिक झोला लगायतका वस्तुहरु मात्र विक्रि वितरण र प्रयोग गर्नु गराउनु हुन सबैमा अनुरोध गरेको छ । कानुनले व्यवस्था गरेको दण्ड, सजाय दिने तथा पुरस्कृत गर्ने कुराको कार्यान्वयन फितलो बनाउने अनि बारम्बार विज्ञप्ती निकालेर सहयोगको आग्रह गर्ने कुराले नपा सांच्चै प्लाष्टिक निशेधलाई कार्यान्वयनमा लान चाहन्छ ? भन्ने प्रश्न उठ्न थालेको छ ।

Related posts

चण्डीदेवी सर्कलद्वारा बृक्षरोपण

admin

राष्ट्रिय एकता दिवस

admin

बालिका दिवसमा विविध कार्यक्रम

admin