Tanahun Awaj
समाचार

मेरो स्वास्थ्य मेरो अधिकार-सम्पादकीय

Editorial


गत आइतबार अंग्रेजी डिसेम्बर महिनाको पहिलो दिन । र संसारभर सोही दिन विश्व एडस् दिवस मनाउने गरिएको छ । यो वर्ष “अधिकारको बाटो लिनुहोस्ः मेरो स्वास्थ्य, मेरो अधिकार !”भन्ने नाराका साथ यो दिवस संयुक्त राष्ट्र संघको अगुवाइमा
विश्वभर मनाइयो ।
एचआइभी एड्सको सन्दर्भमा हामीमा अनेकौ. भ्रमहरु छन् । एचआईभी तथा एडस् भएको मानिसको नजिक जानासाथै आफु पनि संक्रमित भईन्छ भन्ने भ्रमकै कारण हो, हत्तपत्त मानिसहरु यसको संक्रमणमा रहेका मानिसको नजिक जान डराउँछन् । तर नजिक जाँदैमा, संगै बस्दैमा, हात मिलाउँदैमा यसको संक्रमण हुँदैन भन्ने कुरामा हामी स्पष्ट हुनु जरुरी छ ।
हामी कहाँ एचआइभी तथा एड्स संक्रमित माथि हुने भेदभाव र दुव्र्यवहार चर्काे छ । तर मुख्य मनन गर्नु पर्ने कुरा के हो भने हेलाँ, भेदभाव र दुव्र्यवहारले एचआइभी र एडसको संक्रमण कम हुने होइन । बरु संक्रमितको आत्मबल कमजोर हुन जाँदा संक्रमितको आयु घट्न जान्छ । कतिपय संक्रमितले आफुमाथि हुने हेलाँ, भेदभाव र दुव्र्यवहार सहन गर्न नसकेर अरुलाई समेत संक्रमित बनाउने जस्ता गलत निर्णय समेत गर्न सक्छन् । त्यसैले एचआइभी संक्रमितलाई हेलाँ, भेदभाव र दुव्र्यवहार गर्ने होइन बरु उनीहरुलाई मायाँ दिऊँ, भेदभाव नगरौं र दुव्र्यवहार नगरौं । यसो भएमा उसमा आत्मविश्वास बढ्न गई उसको आयू समेत बढ्न
जान्छ ।
एचआईभी संक्रमणबाट बच्न हामीले अपनाउन सक्ने सावधानीलाई अपनाएर जस्तै– रगत लिनु पर्ने अवस्था सकेसम्म आउन नदिने, असुरक्षित यौन सम्पर्क नगर्ने, विश्वासिलो दुइ साथीको बीचमा मात्र यौन सम्पर्क गर्ने तथा संक्रमित माथि हेलाँ, दुव्र्यवहार र भेदभाव नगरेर हामीले संक्रमणको जोखिमलाई कम गर्न
सक्छौं । कतिपय सन्दर्भमा नबुझेर संक्रमित माथि दुव्र्यवहार भएका पनि हुन सक्छन् । नबुझेकाहरुलाई वास्तविकता बताउने र संक्रमित माथि हुने फरक व्यवहारलार्ई कम गर्ने वातावरण निर्माण गर्नु कमसेकम बुझेका मानिसको दायित्व हो । यो दायित्व सबैले निर्वाह गरौं । संसारभरका मानिस एकाताबद्ध भएर मानव सभ्यताका लागि चुनौति बनेको एचआईभी तथा एडसको संक्रमण कम गर्दै सून्यमा झार्ने आभियानमा हामी सबैले सक्रिय सहभागिता जनाऊँ ।

Related posts

मनोक्रान्ति पदयात्राः

Deepak Joshi

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi

जाजरकोट भूकम्प, महामन्त्रीद्वयले गराए सरकारको ध्यानाकर्षण

admin