21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

म्याग्देमा एकिकृत घुम्ति शिविर सम्पन्न

म्याग्दे/म्याग्दे गाँउपालिकाले २०८१ असोज ६ गते देखि संचालन गरेको एकिकृत घुम्ति शिविर सोमबार कात्तिक १२ गते सम्पन्न भएको छ ।
पालिका भित्रका विभिन्न वडाका टोलहरुमा पुगेर सेवा दिएको घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एकसरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन क्यान्सर परिक्षण सेवा र कृषि तर्फ उन्नत जात विउ विजन वितरण, बिभिन्न अनुदानका सुचनाका माग संकलन भने पशु सेवा तर्फ विरामी पशु पन्क्षिहरुको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईएको थियो । पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु उपलव्ध गराईएको थियो भने भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईएको थियो । गाउँपालिकाद्वारा सञ्चालित एकीकृत घुम्ति शिविरमा करिव ८ हजारलाई विभिन्न सेवा प्रदान गरिएको थियो ।
पालिकाको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकहरु माझ स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गर्ने सम्पुर्ण सेवाहरु सहज तरिकाले पु¥याउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Related posts

अर्थमन्त्रीको राजिनामा

admin

अन्तिम नामावली प्रकाशित: देशभर १ करोड ८९ लाख बढी मतदाता

Deepak Joshi

तनहुको उपनिर्वाचनमा त्रिकोणात्मक प्रतिष्पर्धा
सातदलीय गठबन्धनको उम्मेदवार अग्रस्थानमा

admin