23.6 C
Damauli
September 19, 2026
Tanahun Awaj
समाचार

फुल खेतीतर्फ युवा आकर्षित

म्याग्दे/नेपाली युवाहरु स्वदेश फर्केर कृषी व्यवसायतर्फ आकर्षित भएसंगै म्याग्देका युवाहरु पनि फुल खेती व्यवसायमा सम्लग्न भएका छन् । यस बर्षको तिहारदेखि उनिहरुले आफ्नो उत्पादन बजारमा पुर्‍याउने म्याग्दे गाउँपालिका वडा नं. ६ का अक्षयकुमार कायस्थले बताए ।
तीन युवाहरुले संयुक्त रुपमा दुई रोपनी जग्गामा सयपत्री फुल लगाएका थिए । म्याग्दे गाउँपालिकाले फुल व्यवसाय तर्फ आकर्षित युवाहरुलाई प्रोत्साहित गर्न बीउ खरिदमा पचहत्तरप्रतिशत अनुदान दिएको पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
फुल उत्पादन व्यवसायमा लागेका युवाहरुले दुई रोपनीको जग्गामा करिब दुई पाँच सय फुलका विरुवाबाट उत्पादन भएको फुल यो बर्षको तिहारमा बजारमा पु¥याउने भएका हुन् ।

Related posts

व्यास म्याराथनको झलक

admin

व्यासका प्रमुखको अनुरोध

admin

महोत्सवमय तनहुँ: होला अर्थतन्त्र चलायमान, पुग्ला बजारीकरणमा टेवा ?

admin