28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

थानीमाईमा मंगलबारे मेला

बसन्तपुर/थानी माईको मन्दिरमा कार्तिक महिनासंगै श्रद्धालुभक्तजनहरुको भिडभाड बढ्ने गर्दछ । थान माईले आफ्नो भक्तजनको मनोकाँक्षा पुरा गरिदिने विश्वासको साथ भक्तजनहरुले कार्तिक महिनाको प्रत्येक मंगलबार फूलको डोली लैजाने प्रचलनले यस बर्ष पनि निरन्तरता पाएको नेपाली काँग्रेस भानु–७ वडा कार्य समितिका सचिव एवं मूलावारी टोलका संयोजक कृष्णबहादुर श्रेष्ठले बताए । कार्तिक, मंसिर, माघ र फागुनमा अलि धेरै भक्तजनहरुले पुजाआराधना गर्ने गर्दछन् । साउन महिना, एकादशी, औशीमा बाहेक प्रायः सबै महिनामा भक्तजनहरुले थानीको थानमा पुगेर पुजा आराधना गर्ने गर्दछन् । विशेष गरी सोमबार घरमा सत्यनारायणको पुजा गरेर मंगलबार थानीको थानमा फुलको डोली विर्सजन गर्ने प्रचलन रही आएको छ । थानी माइ मन्दिर भानु नगरपालिकाको टुहुरे पसलबाट उत्तरतर्फ करिब साढे चार कि.मि.को दुरीमा रहेको छ । विशेष गरी प्रदेश जानेहरुले थानीमाइको भाकल गरेर जान्छन् र फर्केपछि फुलको डोलि दिने गर्दछन् ।

Related posts

अनिर्णयको बन्दी बन्दै कांग्रेस

admin

दमौली अस्पतालमा एनेस्थेसिया वर्किग स्टेशन

admin

चण्डीदेवीमा भलिबल

admin