28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

उपनिर्वाचन तालिका स्वीकृत

दमौली/निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनमा मतदान गराउने गरी ६२ क्रियाकलाप सहितको कार्यतालिका बुधबार स्वीकृत गरेको छ ।
स्वीकृत कार्यतालिका अनुसार कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । कार्तिक २ गतेबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ । आयोगले असोज ९ गते राजनीतिक दल दर्ताको सूचना प्रकाशित गरेर कार्यतालिका प्रारम्भ गर्ने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार देशभरका स्थानीय तहका ३४ पदमा उपनिर्वाचन हुनेछ । नगरपालिकाको एक नगरप्रमुख पदमा निर्वाचन हुँदैछ । उपप्रमुख एक पदमा निर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष दुई पदमा निर्वाचन हुँदैछ । २८ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

Related posts

गोवद्र्धन शर्माको “मेरो जीवन यात्रा” लोकार्पण

admin

देउसीभैलोबाट मन्दिर

admin

नयाँ बर्षको शुभकामना-सम्पादकीय

admin