22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

विद्यालयलाई सरसफाइ सामाग्री

दमौली/तनहुँ समाज हङकङले गत बिहीवार तनहुँका आठ विद्यालयलाई सरसफाइ सामग्री सहयोग गरेको छ । समाजले बहुअपाङ्घता भएका बालबालिका अध्ययन गर्ने सात र अभिभावकविहीन बालबालिका अध्ययन गर्ने एक गरि आठ वटा विद्यालयलाई सहयोग गरेको हो ।
सहयोग प्राप्त गर्नेमा व्यास नगरपालिका–१ स्थित वृद्ध दाहाल बहिरा आवासिय विद्यालय, व्यास–२ स्थित जनसेवा प्राथमिक विद्यालय, व्यास–५ स्थित सिन्धु आधारभुत विद्यालय, व्यास–१३ स्थित सिद्धवेनी आधारभूत विद्यालय, व्यास–१० स्थित चण्डीदेबि माध्यमिक विद्यालय, व्यास–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय, व्यास–७ स्थित व्यासनगर समता आधारभूत विद्यालय र शुक्लागण्डकी–७ स्थित शुक्ला आधारभूत विद्याल रहेका छन् ।
तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र कार्यक्रम संयोजक पत्रकार प्रदीप काफ्लेले विद्यालयमै पुगेर त्यहाँ अध्ययनरत बालबालिकाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।
समाजले बालबालिकाको पठनपाठनमा सहयोग गर्न दमौली स्थित नेपाल इनभेष्टमेन्ट मेघा बैकमा १५ लाखको अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकालाई सहयोग गर्दै आएको गुरुङले बताए ।
समाजले ०७२ सालको भुकम्पपछीको पुननिर्माण, कोभिड नियन्त्रण र न्युनिकरणमा पनि सहयोग गरिसकेको छ भने जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र पर्यटनका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

Related posts

एसईई नतिजा आज वा भोली
पुरानै निर्देशिका अनुसार नतिजा आउने

admin

स्वर्णिमलाई गोविन्दको शुभकामना

admin

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin