24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

यि दुइ कर्मयोगी प्रधानाध्यापकः

आफैले उत्पादन गरेको अम्रिसोबाट कुचो बनाएर विक्रिका लागि हिँडेका श्रृङ्ग मावि ऋषिङ–६ का प्रधानाध्यापक टंकबहादुर थापा र घरमा हुर्केका खसी बेच्न हिँडेका अरुण आधारभूत विद्यालय ऋषिङ–७ का प्रधानाध्यापक बीरबहादुर थापा । पहिलो वर्षको अम्रिसो उत्पादनबाट झण्डै सयवटा कुचो बनाएर बेचेको बताउने प्रअ थापा शिक्षण पेशाबाट निवृत्त भएपछि यसैलाई व्यवसाय बनाउने सोचमा छन् । विद्यालयको कामकाजबाट बचेको समयमा अम्रिसो भएको बारी र पाखामा पुगेर रमाउने थापा कुनै पनि काम गर्न पछि हट्न नहुने बताउँछन् । खसी पालनबाट राम्रै आम्दानी गरेको बताउने अर्का प्रअ थापा तस्वीरमा देखिएका तीनवटा खसी बेचेर ८५ हजार कमाएको बताउँदै फुर्सदको समयमा यसैमा बाख्रा पालनमा रमाउने गरेको बताउँछन् ।

तस्वीरहरुः सुरजकुमार श्रेष्ठ र बीरबहादुर थापा

Related posts

निलम्वित प्रधानन्यायाधीश विरुद्ध महाभियोग पारित होला ? हुन नसक्दा न्यायालयको छवि विगार्ने संसद कि न्यायाधीश ?

admin

प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता

admin

कौराह नृत्य

Deepak Joshi