Tanahun Awaj
समाचार

सहज भयो भत्ता वितरण

दमौली/सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था सहज भएको छ । राष्ट्रिय परिचय पत्र विना भत्ता नपाउने भन्ने सरकारको निर्णयले असज बनाएको थियो । बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० बर्ष माथिका व्यक्तिलाई राष्ट्रिय परिचय पत्र नं. विना पनि भत्ता दिने व्यवस्था छ ।
ज्येष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर वडास्तरबाटै पनि परिचय पत्र
वितरण गर्ने व्यवस्था मिलाउन
सरकारले पहल गरिरहेको छ । पहिलो चरणमा राष्ट्रिय परिचय पत्र नं. अनिवार्य गर्न खोजिएको २८ जिल्लामा समेत भाद्र मसान्त सम्मको म्याद थपेर सरकारले जनगुनासोको कदर गरेको छ ।

Related posts

व्यास नगरप्रमुखको पुनः मतगणना असार दुईमा, उच्च अदालतले गणनामा औंल्याएका सात त्रुटीहरु

admin

चुनावमा सहयोग गर्नेलाई जोशीको धन्यवाद

admin

पर्यटन प्रवद्र्धन उपाय खोज्दै व्यास: अल्प, मध्य र दीर्घकालीन योजना तयार हुँदै

admin