23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

सिद्ध आविमा जुरेस गठन

ऋषिङ/सिद्ध आधारभूत विद्यालय ऋषिङ–५ मा जुनियर रेडक्रस सर्कल गठन सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँका सदस्य एवं ऋषिङ संयोजक मथुराकृष्ण श्रेष्ठ तथा महेन्द्रोदय मावि रेडक्रस सर्कलका शिक्षक नायक ज्ञानेन्द्र पौडेल एवं सहयोगी शिक्षक नायक लिलाकुमारी नेपालीको विशेष उपस्थितिमा सर्कल गठन सम्पन्न भएको हो ।

गत शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा समिर नेपालीको सभापतित्वमा सर्कल गठन सम्पन्न भएको विद्यालयले जनाएको छ । सर्कलको उपसभापतिमा कुसुम नेपाली, सचिव ऋतिका थापा, उपसचिवमा प्रकाश नेपाली, कोषाध्यक्षमा सुजन रानाभाट तथा उपकोषाध्यक्षमा समिर नेपाली चयन भएका हुन् । यसैगरी सर्कल सदस्यहरुमा सुमन रानाभाट, सन्दिप विश्वकर्मा, तारामाया नेपाली, विशाल थापा र रमित आले रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक उमेश पुरी संरक्षक रहेको सर्कलको शिक्षक नायक वासुदेव गिरी तथा सहयोगी शिक्षक नायक खुममायाँ थापा सल्लाहकार समितिमा शिक्षक डोलराज रानाभाट तथा सुकबहादुर थापा रहेका छन् ।
पूर्व प्राथमिकदेखि आठ कक्षासम्म सञ्चालित यस विद्यालयमा रहेका कुल ८४ विद्यार्थीमध्ये कक्षा ४ देखि ८ सम्मका ४२ विद्यार्थी सर्कलमा आवद्ध रहेको समेत विद्यालयले जनाएको छ ।

Related posts

हङकङ समाजद्वारा मृगौला पीडितलाई सहयोग

admin

शिक्षकहरुको २८ दिने सडक संघर्षले गर्माएको राजधानी रेशमको पक्राउका समाचारले उमाल्यो

admin

बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय

admin