Tanahun Awaj
समाचार

विभेद र छुवाछुत मुक्त व्यास

दमौली/व्यास नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र जातीय विभेद र छुवाछुत मुक्त गर्ने प्रतिवद्धता जनाएको छ ।
बुधबार दमौलीमा आयोजित एक कार्यक्रमका बीच व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने सहितका जनप्रतिनिधिले सामूहिक रुपमा त्यस्तो प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

व्यास नगरपालिका २ दमौलीस्थित सगुन मल्टिमिडिया प्रा.लि. ले जातीय विभेद र छुवाछुत अन्त्यका लागि समस्या र समाधानका उपायहरु विषयक साक्षात्कार कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे विक, व्यास नगरपालिका उपप्रमुख ईन्दीरा दरै, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, अधिवक्ता अमृत नेपाली, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा व्यास नगरपालिकाका १४ वटा वडाका दलित महिला जनप्रतिनिधि, पत्रकार लगायत दलित अगुवा गरी ५० जनाको सहभागिता रहेको थियो ।

Related posts

आज विश्व वातावरण दिवसप्लास्टिक प्रदूषण अन्त्य गर्न आग्रह

admin

डेंगी रोकथाममा तनहुँ रेडक्रसको अगुवाईसंक्रमित स्थानहरुमा “खोज र नष्ट गर” अभियान

admin

व्यास नगर कार्यपालिका निर्णय

Deepak Joshi