22.9 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

व्यास र आबुँमा सार्वजनिक सुनुवाई

दमौली/व्यास नगरपालिका र आबुँखैरेनी गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
व्यास नगरपालिकामा शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रम व्यास नगरपालिकाको आयोजना तथा नपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा व्यास–७ कलेस्तिमा गरिएको थियो । कार्यक्रममा २ सय जना भन्दा बढी सहभागि भएका थिए । कार्यक्रममा २५ जनाले जनगुनासा तथा प्रश्न राख्नुका साथै १५जना भन्दा बढीले लिखित रुपमा प्रश्न राखेका थिए ।

व्यास नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई

कार्यक्रममा नगरवासिहरुले व्यास नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन् गरेर सार्वजनिक जमिनमा भण्डारण भएकाले राजश्व उठाउनु पर्ने, भत्तेरीमा कुहीने फोहोर राख्ने ब्यवस्था भएकाले ठाउँको ब्यवस्थापन गनुपर्ने, व्यास नगर अस्पतालको निर्माणमा ढिलाईबारे जिज्ञासा, छाडा कुकरहरुको नियन्त्रण गर्न, व्यास नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि वितरणमुखी काम गरेको भन्दै प्रवधी मैत्री काम गर्न, ब्यास ६ र ८ का ३ हजार रोपनी खेतीयोग्य खेतहरु रीस्ती खोलाले बर्षे बगरमा परिणत गरेको भन्दै तटबन्दन गर्न लगायतका सुझाव दिएका थिए ।

आबुँखैरेनी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई

त्यस्तै, आँबुखैरेनी गाउँपालिको सोमबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रम आबुखैरेनी गाउँपालिकाको आयोजना तथा उद्घोष संचार उद्योगको समन्वयमा गाउँपालिका प्राङ्गणमा गरिएको थियो । कार्यक्रममा २ सय जना भन्दा बढी सहभागि भएका थिए ।
कार्यक्रममा पालिकावासीले सावर्जनिक जग्गा अतिक्रमण गरेर बनाएका संचारना हटाउन, प्राकृतिक श्रोतको पहिचान र परिचालनलाई ध्यान दिन, पृथ्वीराजमार्गसँगै साहायक मार्गहरुको प्रवेशद्वार बनाउन, छिम्केश्वरी मोटरमार्गको गुणस्तर र मापदण्डमा ध्यान दिन, पैदल मार्ग बनाउन लगायतका सुझाव दिएका थिए भने विभिन्न प्रश्न समेत गरेका थिए ।
कार्यक्रममा व्यास नगरपालिका प्रमुख र आबुँखैरेनी गाउँपालिका प्रमुखले आ–आफ्ना पालिकावासीले उठाएका प्रश्न र दिएका सुझाव अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
दुवै सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले गरेका थिए ।

Related posts

परीक्षामा व्यस्त विद्यार्थीः

Deepak Joshi

देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष

admin

न्यायाधीश–बार अन्तरक्रिया

Deepak Joshi