23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

व्यासको मतगणना बदर

दमौली/उच्च अदालत पोखराले व्यास नगरपालिकाको २०७९ जेठ ९ गते घोषणा गरिएको नगर प्रमुखको मतगणना परिणामलाइ बदर गरिदिएको छ ।

न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश निर्मला पौडेलको संयुक्त इजालासले निवेदकको दावी पुग्ने गरी उच्च अदालत पोखराले २०८१ जेठ १ गते दुई बर्ष अघिको मतगणना परिणामलाइ बदर गरिदिएको हो ।
जनमत विपरित उपविजेता बनाइएका निवेदक दीपक राज जोशीलाई पराजित घोषणा गरी पराजित उम्मेदवारलाइ विजय घोषणा गरिएको दावी लिदै २०७९ जेठ ९ गते सार्वजनिक गरिएको मतगणना परिणाम बदर गरी पुनः मतगणना गरिपाउँ भनि २०७९ जेठ १२ मा दिपकराज जोशीले दिएको निवेदनमा उच्च अदालत पोखराले दुई बर्षपछि निवेदक दावी पुग्ने गरी फैसला दिएको हो ।
निवेदक दीपक राज जोशीका अनुसार मुख्य निर्वाचन अधिकृतले मतगणना गर्दा प्रभावित भएर रेजा फारम–५६, सवै उम्मेदवारको एकिकृत मतगणना फारम–५७ र नगर प्रमुखको एकिकृत मतगणना फारम–५८ले देखाएको अष्पष्ट र कानुन विपरितको तथ्याङ्क एक अर्को फारमबाट अन्तरसम्बन्धित रुपमा पुष्टि नभएको बहसनोटका आधारमा उच्च अदालत पोखराले २०७९ जेठ ९ गते मतगणनालाइ बदर गरी पुनः मतगणना गर्नु भन्ने फैसला आएको बताउनु भयो ।
निवेदक दीपकराज जोशीको तर्फबाट बरिष्ठ अधिवक्तात्रय हरिप्रसाद सुवेदी, परशुराम गिरी, सुरेन्द्र थापा, अधिवक्ता ऋषिराम पोख्रेल र अभिवक्ता हरिमान श्रेष्ठले बहस गरेका थिए भने प्रत्यर्थी बैकुण्ठ न्यौपानेको तर्फबाट बरिष्ठ अधिवक्ता विष्णुकुशल भुजेलले बहसपैरवी गरेका थिए ।
प्रमुख निर्वाचन अधिकृतको तर्फबाट सरकारी न्यायाधिवक्ताले बहस गरेका
थिए ।

Related posts

प्रदेशकै उत्कृष्ट डिभिजन वन

admin

कोटदरबारमा ६२ औ रेडक्रस स्थापना दिवस

admin

घुमाउने पुलको ठेक्क रद्द

Deepak Joshi