20.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

विज्ञापन बोर्डको अनुरोध

काठमाण्डौ/विज्ञापन वोर्डले सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर विज्ञापन बोर्डको सूचना प्रविधि प्रणाली मार्फत विज्ञापन सम्प्रेषण गर्न सम्बद्ध विज्ञापनदातालाई अनुरोधको साथै सचेत गराएको छ ।
विज्ञापन बोर्डका प्रमुख प्रशासकिय अधिकृत एवं प्रवक्ता निशानराज गौतमद्वारा २०८१ साल बैशाख २४ गते जारी विज्ञप्ति मार्फत त्यस्तो अनुरोध तथा सचेत गराइएको हो ।
विज्ञप्तिमा सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा बोर्डको सूचना प्रविधि प्रणाली मार्फत सञ्चार माध्यममा पठाउनु पर्ने तथा सो वापतको रकम प्रकाशन तथा प्रशारण गर्ने कायालयले नै भुक्तानी गर्न अनुरोध गरिएको छ । साथै सो बमोजिम काम भए नभएको विज्ञापन बोर्डले अनुगमन गर्ने जनाउँदै विज्ञप्तिमा विज्ञापन प्रसारण र भुक्तानी नियमावली बमोजिम नगरेको पाईएमा कानुन बमोजिम कारवाही हुने भन्दै सम्बद्ध सरकारी निकायलाई सचेत समेत गराएको छ ।
विज्ञापन नियमन गर्ने पहिलो संसोधन नियमावली २०८० को खारेजीको माग गर्दै राष्ट्रिय विज्ञापन संघ नेपालको तर्फबाट अधिवक्ता सविन पोखरेलले दायर गरेको रिटमा नियमावली खारेज गर्न सर्वोच्च अदालतले अस्विकार गरेको विज्ञप्तिमा जनाइएको छ ।

Related posts

न्यून बन्दै ओमिक्रोन संक्रमण

admin

फेरी बल्झियो कलापानी–लिपुलेक मुद्दा

Deepak Joshi

आँबुखैरेनी सीटीमा वास्तोला

Deepak Joshi