28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

एमालेको अधिवेशन सर्यो

दमौली/नेकपा एमाले तनहुँको ११औं अधिवेशनको मिति सरेको छ । नेकपा एमाले तनहुँको बुधबार सम्पन्न ११औं बैठकले सो निर्णय गरेको एमाले तनहुँको सचिवालयले जनाएको छ ।
नेकपा एमाले तनहूँले ११औं जिल्ला अधिवेशनका लागि २०८१ बैशाख ७ र ८ गतेको मिति तय गरेको थियो । सो निर्णय भैसकेपछि नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बैशाखको ८ र ९ गतेका लागि तोकि दिएपछि अधिवेशन सार्न परेको एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनु भयो ।
एमालेको ११औं अधिवेशन बैशाख २८ र २९ गते गर्ने गरी बुधबारको बैठकले निर्णय गरेको छ । अधिवेशनमा अध्यक्षका आकाँक्षीहरुमा हरिराज कँडेल, प्रदीप अधिकारी, राजेश्वर ढकाल, श्रीराम कार्की र विष्णुभक्त सिग्देल रहेको स्रोतको दावी छ । कार्यकारी पदमा जनप्रतिनिधिहरुले दावी गर्न नपाउने नीतिगत निर्णय छ ।

Related posts

काँग्रेस तनहुँको अनुरोध

Tanahun Awajweekly

शासकीय सुधारको कार्यसूचिको आँखिझ्यालबाट रास्वपा सरकारका सय दिन

Deepak Joshi

दमौली बजारको ट्राफिक सुधारको निर्णय, हात्ती आयो फुस्सा

Deepak Joshi