22.9 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

दश विद्यालयलाइ स्वास्थ्य सामाग्री

अत्रौली/ नेपाल रेडक्रस सोसाइटी गजरकोट उपशाखाले आज एक कार्यक्रमका बीच आफ्नो कार्यक्षेत्रभित्रका १० वटा विद्यालयलाई स्वास्थ्य सम्बन्धी सामग्री वितरण गरेको छ। 

पालिका भित्रका १४ विद्यालयलाइ आमन्त्रण गरिएको थियो । चार विद्यालय अनुपस्थित रहेका थिए । स्वास्थ्य सामग्री पाउने घिरिङ गाउँपालिकाका विद्यालयहरूमा राष्ट्रिय मावि देउराली, दीपक मावि वैडी, सरस्वती आधारभूत विद्यालय अत्रौली, विष्णु आधारभूत विद्यालय गजरकोट, चण्डी आधारभूत विद्यालय काठेकोट, लक्ष्मी आधारभूत विद्यालय कटहरे, पार्वती आधारभूत विद्यालय कोलडाँडा, राधाकृष्ण आधारभूत विद्यालय सिखरडाँडा, ब्राइड फ्युचर बोर्डिङ स्कुल बैडी, इनलाईटनिङ बोर्डिङ स्कुल पुटार, कृष्ण मावि पुट्टार, गुदीभञ्ज्याङ आधारभूत विद्यालय पुतगाउँ, पशुपतिनाथ आधारभूत विद्यालय माहोरकोट, कृष्णगंगा आधारभूत विद्यालय वन्टार रहेका छन् ।

गजरकोट उपशाखाले घिरिङ गा. पा. ले उपलब्ध गराएको काे पचास हजार अनुदानबाट प्राथमिक उपचार बाकस, औषधीहरू मुभ, व्यान्डेज, जर्मिडिन, गज, शक्तिजल सिटामाेल,डायरलक फाेर्ट, पेन्टाजाेल, कटन र फाेहर फाल्ने डस्टविन समेत खरिद गरि वितरण गरिएको शाखा सभापति श्रीराम खनालले बताउनु भयो ।

घिरिङ  गाउँपालिकाको वडा नम्बर १ अत्रौलीमा आयोजित एक कार्यक्रमका बीच सो सामग्री हस्तान्तरण गरिएको हो। घिरिङ गाउँपालिका उपाध्यक्ष राधा अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमलाइ प्रमुख अतिथि उपाध्यक्ष सहित नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका सदस्य केशवराज पोख्रेल, पूर्व सदस्य गोपालप्रसाद भण्डारी, वडा नं १ का अध्यक्ष रविचन्द्र घोरासिनी, राष्ट्रिय मावि

देउरालीका प्र. अ. दलसिंह थापा, सरस्वती आधारभूत विद्यालय अत्रौलीका निमित्त प्र.अ. युवराज पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बसन्तबहादुर थापाले कविता वाचन गर्नुभएको थियो। सो कार्यक्रमको सभापतित्व शाखा सभापति श्रीराम खनालले गर्नुभएको थियो भने  कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई उपसभापति भवानी पोख्रेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव तारानाथ पोखरेलले गर्नुभएको थियो।

Related posts

तनहुँ कांग्रेसमा निर्वाचन र महाधिवेशनको चटारो

admin

नेपालीको विश्वासमा ठेस पु¥याउँदै चीन
आफ्नो नयाँ नक्साको छेउमा नेपालको पुरानै नक्सा

admin

म्याग्दे गापाको अनुदानमा हाते टयाक्टर

admin