23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

मगर दिवसको महत्व-सम्पादकीय

Editorial
मगर दिवसको इतिहास पछ्याउँदै जाँदा २०३९ फागुन १५ गते दमौलीमा सम्पन्न नेपाल लाङ्घाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशनसम्म पुगिन्छ । सोही समितिले २०४० वैशाख ३१ गते प्रत्येक वर्ष फागुन १५ गते लाङ्रुघाली दिवस मनाउने निर्णय गरेसंगै राष्ट्रिय मगर दिवस मनाउन थालिएको हो ।
नेपाललको पूर्व देखि पश्चिमसम्म फैलिएर वसोवास गर्ने मगर जति नेपालकै पुरानो जनजाति हो । सरल, मिजासिला र मेहनती जातिको पहिचान बनाएका मगर जातिको हाम्रो जिल्ला तनहुँमा वाहुल्य छ । समग्र नेपालको कुरा गर्ने हो भने वि.सं.२०७८ को जनगणना अनुसार मगरजातिको जनसंख्या ६.९ प्रतिसत अर्थात २० लाख १३ हजार ४९८ रहेको छ । संख्याका हिसावले तेस्रो नम्बरमा रहेको मगरजातिको एकता, संगठन निर्माण, आपसी मेलमिलाप भाइचारा तथा ऐक्यवद्धताका लागि मगर दिवस महत्वपूर्ण अवसरको रुपमा रहेको 

छ । वि.सं. १९९७ सालदेखि संगठित हुन थालेका मगरहरु इतिहास, भाषा, संस्कृति संरक्षणलाई मूल मन्त्र मान्दछन् र त्यसैलाई टेवा दिन मगर दिवस मनाउन थालिएको भन्दा अत्युक्ति हुँदैन ।
यो दिवसले मगर जातिमा मात्र होइन, सम्पूर्ण नेपालीलाई परस्पर भाइचारा, बन्धुत्व सद्भाव, सहिष्णुता तथा मित्रता कायम राख्न प्रेरित गरेको छ । मंगलबार देशभर राष्ट्रिय मगर दिवस उल्लासमय वातावरणमा मनाइयो । संस्कृतिका धनी प्रकृति पुजक मगर जातिबाट अन्य जातिका नागरिकले सिक्न सक्ने धेरै कुराहरु छन् । वर्ष २०८० को यो दिवसले मगर र अन्य जातिमा परि मेलमिलाप र एकता कायम गर्न सकोस् । मगर दिवसको ढिलै भएपनि शुभ
कामना ।

Related posts

वर्षायाममा खडेरीका कुरा

admin

भूकम्पीय जोखिम न्यूनिकरण-सम्पादकीय

Deepak Joshi

नेपाल बार विरुद्ध अदालतको अवहेलना

admin