22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

दमौलीमा पशुपंक्षी अस्पताल

दमौली/गण्डकी प्रदेश सरकारको बजेटबाट कास्की र तनहुँमा नमूना पशुपंक्षी अस्पताल बन्न लागेको छ । डेढ बर्ष अघि विनियोजित दश करोडको लागतमा कास्की र तनहुँमा बन्न लागेको दुइ पशुपक्षी अस्पताल मध्ये तनहुँको अस्पतालको लागत खर्च चार करोड नब्बेलाख बताइएको छ । ए ब्लकको दुइ ढलान र बी ब्लकको साढे दुइ ढलान मध्ये दुइ ढलान मात्रै काम सम्पन्न भएको छ । गारो, प्लाष्टर, झ्याल ढोका समेतका काम रोकिएको छ । इको विल्डर्स चितवनले डेढ बर्ष अघि सम्झौता गरेर काम थालेको सो अस्पताल अहिले अलपत्र जस्तो देखिएको छ । विगत ६/७ महिनादेखि अस्पतालको भवनमा कुनै काम भएको छैन । सत्तरी प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

Related posts

बन्दीपुर–व्यास ‘होमस्टे सर्किट’ प्रवद्र्धन प्रारम्भ

Deepak Joshi

तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी

admin

लैङ्गिक हिंसा विरुद्ध नेपाल प्रहरीको अभियानः

admin