Tanahun Awaj
समाचार

दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण

‘मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग’ विषयक पाँच दिवसीय प्रशिक्षण बुधबार दमौलीको अनसन चौतारीको खुला मैदानमा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठबाट उद्घाटन भएको छ । फागुन नौ गतेबाट १३ गतेसम्म सञ्चालनमा रहने यो प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने छ । प्रशिक्षणलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा शारीरिक योग तथा प्राणायम अभ्यास गराईने छ । दोस्रो सत्रमा मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग मेडिटेशन गरनेछ । तेस्रो सत्रमा तनाव व्यवस्थापन एवं सकारात्मक जीवनशैलीको प्रशिक्षण आयोजकले बताएको छ ।

Related posts

व्यासको सार्वजनिक सुनुवाइ भोली

Deepak Joshi

बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय

admin

काँग्रेस नेताहरुको राजीनामाको लहर

admin