22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

प्रजातान्त्रिक व्यवस्थाको विकल्प प्रजातन्त्रः काँग्रेसका सैद्धान्तिक नेता जोशी

दमौली/नेपाली काँग्रेसका सैद्धान्तिक नेता गोविन्दराज जोशीले प्रजातन्त्रको विकल्प प्रजातान्त्र नै भएको धारणा राख्नु भएको हो ।
मुलुकमा राजा आउँ देश बचाउ भन्ने नाराको पक्ष र विपक्षमा धारणा सार्वजनिक भैरहेको बेला आईतबार बीपी विचार समाज तनहुँको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । नेपाली काँग्रेसका आमकार्यकर्ता शेरबहादुर नेतृत्वको नेपाली काँग्रेसमा सैद्धान्तिक विचलन देखिएको निष्कर्षमा पुगेको नेपाली परिवेशमा अथक प्रयासबाट ‘बीपीवाद’ नामक ग्रन्थ सार्वजनिक गराएर नेपाली काँग्रेसको सद्धान्तिक नेताको पहिचान बनाएका नेता गोविन्दराज जोशीले २०१७ र २०५८ को गल्ति राजाले गर्दैनन् भन्ने विश्वासको आधार पुष्टि नभएसम्म राजा र राजसंस्था पुन्थापना हुने आधार बन्दैन भन्नुभयो ।संस्कृति, परम्परा र सिद्धान्तले मात्रै नेपाली

काँग्रेसको असली कार्यकर्ताको पहिचान दिने चर्चा गर्दै जोशीले शेरबहादुर नेतृत्वको काँग्रेसको पहिचान भनेको दिनभर भट्टीमा भुलेर झल्लिएर हिड्ने जनै नलगाएको बाहुनको जस्तो भएको टिप्पणी गर्नुभयो । ‘बीपीवाद’ पढेको हरेक काँग्रेस कार्यकर्ताले पहिचान गुमाएको नेपाली काँग्रेसलाई बहिष्कार गरेर पहिचान पछ्याएको काँग्रेसमा संगठित हुने दिनको प्रतिक्षा गर्न कार्यकर्तालाई आस्वस्थ पार्नुभयो । सत्ता, स्वार्थ र अवसरबादको अन्धो भएर पहिचान गुमाएर नेपाली काँग्रेस गठबन्धनमा लागेको चर्चा गर्दै जोशीले सैद्धान्तिक पहिचान बचाउन असली कार्यकर्ताले आन्तरिक विद्रोहको आन्दोलन गर्न आव्हन गर्नुभयो । नेपाली काँग्रेससंग एकताको बारेमा चर्चा गर्दै जोशीले जनताको पक्षमा उभिएको शक्तिसंग मात्रै हाम्रो सहकार्य हुन्छ भन्नुभयो । बीपीलाई बहुआयामिक व्यक्तित्वको चित्रण गरेका जोशीले हाम्रो मेलमिलाप कुनै पनि व्यक्तिसंग वा संस्थासंग हुनका लागि त्यो राष्ट्रवादी र प्रजातन्त्रवादी दुवै हुन पर्यो भन्ने आधार सीमा तोक्नु भएको
थियो ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य सुकुमलाल गुरुङ्गले नेपाली काँग्रेसले सैद्धान्तिक बाटो बिराएको कारण वी पी विचार समाजको जन्म भएको हो भन्ने धारणा राख्नु भएको थियो ।
तनहुँ काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष एवं बीपी विचार समाज तनहुँका सल्लाहकार हरिभक्त ढकालले नेपाली काँग्रेसका स्वाभिमानी कार्यकर्ताको संरक्षण गर्न ढिला गर्न नहुने धारणा राख्नु भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको पूर्व सदस्य एवं बीपी विचार समाजका सल्लाहकार ऋषिराम पोख्रेलले बीपीवाद अनुसार निस्वार्थ भावमा बीपी विचार समाजमा आबद्ध काँग्रेस कार्यकर्ताहरु नै असली काँग्रेस कार्यकर्ता भएको धारणा राख्नु भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँका पूर्व सदस्य रघुबहादुर केशीले काग्रेसको केन्द्रिय नेताको आचरणका कारण काँग्रेस वदनाम भएको धारणा राख्नुभयो । समाजका सल्लाहकार गोविन्द पन्थले धार्मिक, सामाजिक, आर्थिक अवस्थाले पहिचान गुमाएको अवस्थामा २०४७ सालको संविधानको पक्षमा उभिनुको विकल्प छैन भन्ने धारणा राख्नु भएको थियो । अधिवक्ता देबेन्द्रराज हमालले अबको अवस्थामा काँग्रेस भईरहन पर्ने अवस्था र कारण थाहा पाउन आफू कार्यक्रममा आएको बताउनु भयो । बीपी विचार समाज म्याग्दे गाउँ कार्य समितिका अध्यक्ष एवं जिल्ला कार्य समितिका सदस्य विष्णु प्रसाद श्रेष्ठले नेपाली काँग्रेसबाट आफूहरुलाई अलग पारिँदा भ्रष्ट्राचारको आक्षेपबाट चोखो रहन पाएको गौरवानुभूति सुनाउनु भएको थियो । त्यसै गरि म्याग्दे गाउँ कार्य समितिका सचिव दोधराज रेग्मीले हिजो जोशी सरको नजिक पर्न नदिने अवसरवादीहरु अवसर खोज्दै भौतारिएपछि बल्ल जोशी सरको नजिक हुन पाएको सुखानुभूति सुनाउँदै गाउगाउ र वडा वडामा हाम्रो पहिचान र अस्तित्व स्थापित गर्ने क्षमता विकास गर्नुपर्ने जोड दिनु भएको थियो ।
बीपी विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डितको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत उपसभाति क्या. रेशमबहादुर गुरुङ्गले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पञ्चबहादुर गुरुङ्गले गर्नुभएको थियो ।

Related posts

अधिकारीको निधन

Deepak Joshi

बन भोज कार्यक्रममा चुड्का नाँच (भिडियो)

admin

कांग्रेसमा थपिंदैं पुस्तान्तरणको पिडा -सम्पादकीय

admin