28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

व्यास–वाटिकाको लोकार्पण

दमौली/कवयित्री नारायणी अधिकारीद्वारा लिखित कविताहरुको संग्रह “ँव्यास–वाटिका”को आइतबार लोकार्पण भएको छ ।
व्यास नपाको सभाकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानले “व्यास–वाटिका”को लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण पछि बोल्दै प्रमुख अतिथी न्यौपानेले व्यास वाटिकामा संग्रहित कवितामा प्रकृति प्रेम, समाजमा विद्यमान असमानता, अभाव र विकृतिलाई सजिव ढंगले चित्रण गरिएको बताए ।
लोकार्पण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश लोकसेवा आयोगकी सदस्य कल्पना लम्सालले कवयत्री अधिकारी प्रकृति चित्रणमा अत्यन्तै सिपालु रहेको आफुले पाएको बताईन् । अधिकारीका कवितामा नारी चेतना र विद्रोह समेत मुखरित भएको उल्लेख गर्दै सदस्य लम्सालले अग्रजप्रति सम्मान व्यक्त गर्दै लेखिएका कविता अझ पठनिय र श्रवणिय रहेको
बताइन् ।
व्यासका अध्येता काशीनाथ न्यौपानेले छन्दोवद्ध कविता सिर्जना गर्नेको खडेरी रहेका बेला चार दर्जनभन्दा बढी छन्दोबद्ध कविता पाठक सामु ल्याएर कवयित्री अधिकारीले पाठक र नेपाली साहित्यको भण्डारलाई ठूलो गुन लगाएकी बताए ।
गण्डकी वाङमय प्रतिष्ठानको आयोजनामा सम्पन्न लोकार्पण कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष सागर उदास, गोर्खाली छन्दकवि नारायण पोखरेल, आदिववि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगाएतले लोकार्पित कृतिमाथि विवेचना गरेका थिए ।
कार्यक्रममा कवयित्री अधिकारीले संग्रहमा संग्रहीत पहिलो कविता व्यास वाटिका वाचन गरेकी थिइन् । कविता संग्रहको पृथ्वी नारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख यमनाथ तिमल्सिनाले समिक्षात्मक टिप्पणी गरेका थिए । प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्योपानेको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रममा अञ्जु दाहालले स्वागत गरेकी थिइन भने सचिव अमरराज नहर्कीले सञ्चालन गरेका थिए । प्राध्यापन पेशामा संलग्न अधिकारीको लोकार्पित कविता संग्रहमा विभिन्न विषयवस्तु समेटिएका ५१ कविता संग्रहित
छन् ।

Related posts

भगवती मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन

admin

चदारोलाई गाउपालिकाको न्यानो कपडा

admin

देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष

admin