16.2 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

१५ औं गाउँसभामा तीन विधेयक र एक ऐन पास

फोटो विवि श्रेष्ठ

दमौली/म्याग्दे गाउँपालिका तनहुँले गाउँसभाको १५ औं अधिवेशन सोमबार सम्पन्न गरेको छ । गाउँसभाले तीन विधेयक र एक ऐन पास भएको छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष वालकृष्ण घिमिरेले गाँउपालिकामा संकल्प प्रस्ताव, गाँउसभामा संस्थाथत क्षमता विकास तथा सेवा प्रवाह समिती संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न वनेको विधेयक २०८० र म्याग्दे गाँउपालिकाको नगर प्रहरी व्यवस्थापन गर्न वनेको विधेयक २०८०, वातावरण समितीका संयोजक शिव वहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन गर्न वनेको विधेयक २०८० पेश गरेका थिए भने गाँउसभामा स्वास्थ्य तथा सरसफाई ऐन २०७७ पहिलो संशोधन गरिएको छ । सामाजिक विकास समिती संयोजक टुकराज अधिकारीले उक्त ऐन संशोधन पेश गरेका थिए ।
साथै, गाँउसभामा न्यायिक समितीको अर्धवार्षिक प्रतिवेदन संयोजक वालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितीको अर्धवाािर्षक प्रतिवेदन संयोजक शिव वहादुर क्षेत्री, सुशासन समितीको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेश गरेका थिए ।
पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न गाउँसभाले म्याग्दे गाँउपालिका नगरी प्रहरी व्यवस्थापन ऐन २०८० को दफा १० मा भएको व्यवस्था अनुसार नगर प्रहरी पदपुर्तिका लागी प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरेको छ ।

Related posts

१९ औं गणतन्त्र दिवस: नागरिकमा व्याप्त निराशा, आशामा बदलिने अपेक्षा

Deepak Joshi

भानु नगर समितिको माग

admin

परीक्षा बोर्डको अध्यक्षमा तनहुँका पाण्डे र पौडेलको आवेदन

Deepak Joshi