Tanahun Awaj
विचार/दृष्टिकोण

व्यासको ‘अब यसो गरौं’ अभियान कता पुग्यो ?-सम्पादकीय

Editorial

२०७५ मंसिर ५ गते प्रअ बैठकको अवसरमा नगरपालिका भित्रका सबै विद्यालयका प्रअहरुलाई जम्मा पारेर व्यास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका विद्यालयको थप शैक्षिक सुधारका लागि ‘अब यसो गरौं’ भन्ने अभियान प्रारम्भ गरेको थियो ।
‘सकारात्मक सोंचका साथ रचनात्मक काम गरौं, जति सकिन्छ त्यति गरौं, केही न केही अवश्य गरौं’ भन्ने नाराका साथ प्रारम्भ भएको अभियानमा विद्यार्थी लगबुुकको कार्यान्वयनदेखि विद्यालयमा जुनियर रेडक्रस सर्कल, बाल क्लब तथा स्काउटको गठन सम्मका ३९ काम कार्यान्वयनका लागि आग्रह गरिएको थियो ।
बालमैत्री ढंगले भय रहित शिक्षण गर्न, शिक्षक डायरीको उच्चतम प्रयोग गर्न, सिकाई बडापत्रको कार्यान्वयन गर्न अनि परीक्षाफल तथा नतिजा विश्लेषण गर्न अभियान पत्रमा आग्रह गरिएको
थियो । यसका साथै शिक्षण सुधार योजना, विद्यालय सुधार योजना तथा नतिजा सुधार योजना निर्माण गरी शैक्षिक सुधारका कार्यहरु गर्न आग्रह गरिएको अभियान पत्रमा विद्यार्थीका विविधतालाई बुझेर शिक्षण गर्न, विद्यार्थीलाई ज्यmभ च्भबमष्लन एबिल निर्माण गरी पढ्न प्रेरित गर्न भनिएको थियो ।
गत साता अभियान सुरु भएको पाँच वर्ष पूरा भएको छ । यस बीचमा नगर पालिकाले आफुले प्रारम्भ गरेको अभियान कति कार्यान्वयनमा छ भनेर अनुगमन, निरिक्षण र सकारात्मक उपलब्धी भएका भए त्यसका बारेमा छलफल चलायो या चलाएन ? त्यस विषयमा छलफलहरु भएका भए के के उपलब्धी प्राप्त भए र कस्ता सकारात्मक परिवर्तनहरु भए भन्ने विषयमा छलफल भए होलान् । विद्यालयहरुका अभियानको सफल कार्यान्वयनका विभिन्न अनुभव होलान्, ति अनुभव साटासाट भए वा भएनन् ? आम जिज्ञासा बनेको छ । अहिले स्थानीय सरकारहरुले कर्मचारी अभाव देखाएर शिक्षा क्षेत्रलाई भगवान भरोसामा छोडेका छन्, कतै व्यासको अवस्था पनि त्यही त
छैन । त्यसैले हाम्रो प्रश्न, व्यासको शैक्षिक क्षेत्र सुधारका लागि ‘अब यसो गरौं’ अभियान कता पुग्यो ?

Related posts

वन्यजन्तु जोगाउँ, आसन्न संकट भगाउँ

admin

सम्बन्ध वि. पछि सन्तानको अवस्था

admin

स्तनपानः स्वस्थ बनाउँछ, आमा र बच्चाको ज्यान

admin