20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

एकादशीमा सार्वजनिक विदा

Editorial

दमौली/हरिवोधनी एकादशीमा शुक्लागण्डकी न.पा., आँबुखैरेनी गा.पा. र ऋषि गापाले सार्वजनिक विदा दिने निर्णय गरेको समाचारहरु आएको छ । शुक्लागण्डकीले सार्वजनिक सूचना नै प्रकाशित गरेर विदा दिएको छ । ऋषिङ्ग गाउँपालिकाले हरिवोधनी एकादशीको दिनमा सर्वाजनिक विदा त दिएको छ तर शोक विदा दिएको पनि समाचारमा जनाइएको छ । ऋषिङ्ग गाउँपालिका भित्रको शिव सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु बरालको असामयिक निधनमा शोक मनाउने क्रममा विदा दिइएको बताएको छ । तर पनि ऋषिङ्ग गापाले दिएको सार्वजनिक विदाको दिन हरिवोधनी एकादशी अथवा ठूली एकादशी पनि परेको हुँदा पालिकाको विदालाई हरिवोधनी एकादशी विदाको रुपमा पनि मान्न सकिन्छ । तर कुनै पनि पालिकाको आधिकारिक वेवसाईटमा भने विदाको कुनै सूचना भेटिएको छैन ।

Related posts

स्थानीय निर्वाचन–२०७९ नतिजा बदलिँदै तनहुँको शक्ति समिकरण

admin

व्यासको तीन वर्षे उपलब्धि

admin

प्रश्न गर्ने नयाँ तरिका

admin