32.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

महासंघको पहलमा माफी मागेपछि मिलापत्र

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाकाे पहलमा क्रियाशिल पत्रकार सबिन लामिछानेलाई धम्क्याउने सवारी चालक तथा धनीले घरमै पुगेर माफी मागेपछि बुधबार साँझ मिलापत्र भएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सभापति उज्वल पौडेलले दिएको जानकारी अनुसार पत्रकार सबिन लामिछानेले तनहुँको व्यास–६ सिन्धु मार्गमा चल्ने ग १ ज ७५०५नं को सवारी साधनले क्षमता भन्दा बढि यात्रु बोकेको फोटो समाचार माध्यममा राखेका थिए । त्यो फोटोलाई आधार मानि तनहुँ ट्राफिकले कारवाहि चलाएपछि सवारी चालक तथा धनिले लामिछानेको घरमा पुगि बाबुआमा र उनलाई धम्की दिएपछि लामिछाने परिवारले जिल्ला प्रशासन कार्यलयमा ज्युधनको सुरक्षको माग गर्दै निवेदन दिएका थिए । महासंघ तनहुँले एक विज्ञप्ती जारि गर्दै सो घटनाप्रति खेद प्रकट गर्दै दोषीलाई कारवाहिको माग गरेको थियो ।

Related posts

३८ औं नगरसभा पुसमा

admin

१३ औं दिर्ग–लोक स्मृति हाजिरी जवाफ

admin

शिक्षक महासंघको ध्यानाकर्षण
प्राथमिकतामा छैन शिक्षामा सुधार

admin