24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

सातदिने हरिनाम संकृतन

दमौली/विश्वहिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाले तनहुँको व्यास गुफा दमौलीमा सप्ताहव्यापी हरिनाम संकृतन गर्ने भएको छ । मंगलबार व्यास गुफा क्षेत्रमा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो ।
विश्वहिन्दु महासंघ तनहुँको सहयोगमा गर्न लागिएको आठौं विश्व ॐकार तथा हिन्दु महामिलन पर्वको अवसरमा कार्तिक १६ आज विहिबारदेखि कार्तिक २३ गतेसम्म सप्ताहव्यापी हरिनाम संकृतन हुँदैछ । पूर्विय दर्शनका अद्वितीय मर्मज्ञ विद्वान भागवतालङ्कार पं. नेत्रप्रसाद पराजुलीका मुखारविन्दबाट विश्व शान्तिका लागि आध्यात्मिक चेतनामूलक हरिनाम संकृतनमय श्रीमद् भागवत महापुराण प्रवचन हुने आयोजक समिति एवं विश्वहिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेयले बताउनु भयो ।

Related posts

मनपाङमा घुम्ती बैठक सम्पन्न

admin

धार्मिक पर्यटकीय गन्तब्य पहिचान सहित पत्रकार अन्तरक्रियामा प्रेस रजिष्टारको कार्यालय

Deepak Joshi

घुमाउने पुलको निर्माण म पूरा गर्छु: भट्टराई

Deepak Joshi