19.2 C
Damauli
October 30, 2026
Tanahun Awaj
समाचार

सातदिने हरिनाम संकृतन

दमौली/विश्वहिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाले तनहुँको व्यास गुफा दमौलीमा सप्ताहव्यापी हरिनाम संकृतन गर्ने भएको छ । मंगलबार व्यास गुफा क्षेत्रमा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो ।
विश्वहिन्दु महासंघ तनहुँको सहयोगमा गर्न लागिएको आठौं विश्व ॐकार तथा हिन्दु महामिलन पर्वको अवसरमा कार्तिक १६ आज विहिबारदेखि कार्तिक २३ गतेसम्म सप्ताहव्यापी हरिनाम संकृतन हुँदैछ । पूर्विय दर्शनका अद्वितीय मर्मज्ञ विद्वान भागवतालङ्कार पं. नेत्रप्रसाद पराजुलीका मुखारविन्दबाट विश्व शान्तिका लागि आध्यात्मिक चेतनामूलक हरिनाम संकृतनमय श्रीमद् भागवत महापुराण प्रवचन हुने आयोजक समिति एवं विश्वहिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेयले बताउनु भयो ।

Related posts

तिर्थस्थल बन्दै उत्तरबाहिनी

admin

गाउँगाउँमा फस्टाएको चटपट व्यापार

admin

ऋषिङमा स्वास्थ्य शिविर, ३५० को स्वास्थ्य परीक्षण

admin