24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

सिद्धेश्वरीमा शुभकामना तथा स्वागत

Editorial

कमलबारी । सिद्धेश्वरी माध्यमिक विद्यालय व्यास–१२ ले शुक्रबार विजया दशमीको शुभकामना आदान प्रदान तथा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रममा अध्यक्ष फमबहादुर थापाले सम्पूर्ण दुर्गा भवानीले सबैलाई असल कार्यमा लाग्न प्रेरित गरुन् भन्ने कामना गर्दै दशैमा लामो बिदा हुने भएकाले विद्यार्थीहरुलाई उक्त समयमा खाने, खेल्ने र रमाउने कुरामा मात्र ध्यान नदिएर पढाइमा पनि ध्यान दिन आग्रह गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले विद्यार्थीहरुको शैक्षिक उन्नयनको कामना गर्दै कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई उनीहरुको पठनपाठनलाई प्रभावकारी बनाउने विद्यालयले सकेको सहयोग गर्ने वचन दिए ।
विव्यस शिक्षक प्रतिनिधि छविदीप आलेले दशैं बिदालाई सिर्जनात्मक ढंगले उपभोग गर्न आग्रह गर्दै विद्यार्थीहरुले दशैंले दिन चाहेको शिक्षा ग्रहण गर्न आग्रह गरे । उक्त अवसरमा कक्षा १२ की छात्रा पुष्पा उपरकोटी तथा कक्षा १० की छात्रा सजना गैरेले बोल्दै विद्यार्थी साथीहरुलाई प्राप्त समयको अधिकतम उपयोग गर्दै शिक्षा आर्जन गर्न आग्रह गरे भने कक्षा ८ की छात्रा अनुष्का रुचालले गुरुको सम्मान शिर्षक कविता सुनाईन ।
कक्षा ११ का विद्यार्थीहरुलाई टीका, खादा र कलमले स्वागत गरिएको कार्यक्रममा कार्यालय सहयोगी मधुवेसन वसौलालाई खादा लगाएर सम्मान गर्नुका साथै सम्पूर्ण विद्यार्थीहरुलाई समृद्धिको प्रतिक रातो टिका लगाएर विजया दशमीको शुभकामना व्यक्त गरिएको थियो ।
यसअघि विद्यालयको खेलकुद मैदानमा अन्तर सदनात्मक छात्र ,छात्रा भलिबल, छात्रा तथा छात्रको व्याडमिण्टन प्रतियोगिता साथै साना कक्षाका बालबालिकाका लागि बेलुन फुटाई लगाएतका रामाईला खेलहरु सम्पन्न भएका थिए ।

Related posts

सरसफाई विज्ञको जन्मथलो प्रेम

admin

नतिजामुखी कूटनीतिको अपेक्षा

Deepak Joshi

दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्म

admin