22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

सर्‍यो वडा नं ३ कार्यालय

दमौली/तनहुँको व्यास नगरपालिका वडा नं ३ कार्यालय सरेको छ । नगरपालिकाले पुरानो भवन भत्काएर नयाँ बहूउद्देश्यीय भवन निर्माण गर्ने भएपछि निमचोक स्थित मैनादेवि अधिकारीको घरमा सरेको हो । मासिक २५ हजार भाडामा लिएर उक्त घरको पहिलो तल्लामा वडा कार्यालय सरेको वडा अध्यक्ष अनुप रानाले जानकारी दिए । वडा कार्यालय भवन निर्माणको लागि व्यास ३ स्थित देउरालीनगरमा जग्गा पाएको र तत्कालको लागि भाडामा लिएर कार्यालय सारिएको उनले बताए । उनले भने,“बिसघरे जाने बाटोमा हामीले जग्गा पाएका छौं, निर्माण सम्पन्न नभए सम्मको लागि भाडामा लिएर वडा कार्यालय संचालन गरेका छौं ।”वडा कार्यालयले २०७४ साल देखिनै भवनको समस्या झेल्दै आएको छ । २०७४ सालमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गदै आएको उक्त कार्यालय पछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो । अहिले उक्त भवन भत्काउने भएपछि निमचोकमा सरेको हो ।

Related posts

एक महिने कार्यक्रमका साथ काग्रेसको गाउ प्रवेश

admin

व्यास नगर राष्ट्रपति रनिङ शिल्ड मंसिर १ र २ मा

admin

कसैले हेर्दैन भुँइमान्छे

Tanahun Awajweekly