30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

हाम्रा चेलीको व्यथाः पर सरेको होइन सारिएको

रमेश पोखरेल
नेपाली महिला वा आम संसारका महिला के चाहन्छन् भन्ने विषयमा केही दिन अगाडिको सामाजिक सञ्जाल फेसबुकबाट एउटा प्रेरक प्रसंग साभार गरी आजको लेखनी सुरु गर्न चाहँन्छु ।
मृत्युको मुखमा पुगेका एक राजालाई यदि महिला के चाहन्छन् ? भन्ने प्रश्नको उत्तर दिन सके पुनः जीवन प्राप्त हुने 

बताइयो । उत्तरको खोजी गर्ने क्रममा राजा एक अत्यन्त कुरुप महिला भएको ठाउँमा पुगे । ति महिलाले आफ्नो विवाह राजकुमारसंग गरिदिने भए उक्त प्रश्नको उत्तर दिने बताइन् । बाबुको जीवनकालागि राजकुमा र बृद्धासंग विवाह गर्न तयार भए र घुम्टोमा छोपेर बृद्धालाई दरबार लगियो । सांझ राजकुमार कोठामा आउँछन् त वृद्धा एकदम सुन्दर युवती
बनेकी ।
यस्तो कसरी भयो भन्ने जिज्ञासमा ति महिलाले भनिन् ः– म रात वा दिन मध्ये कुनै एक समयमा राम्री युवती र अर्काे समयमा बृद्धा बन्न सक्छु, अब तपाईं भन्नुस म कुन समयमा युवती र बृद्धा बनौं ? राजकुमारले संयमित हुँदै भने, शरीर तिम्रो हो, चाहना पनि तिम्रै हुनु पर्छ । तिमीलाई जे ठिक लाग्छ, त्यही गर । तिम्रो निर्णय मलाई स्वीकार्य छ । राजकुमारको जवाफ सुनेर महिलाले भनिन्ः– म कति बेला के बन्ने, कस्तो बन्ने, मैले के गर्ने, के नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार दिएर तिमीले मेरो स्वतन्त्र अस्तित्व र आत्मसम्मानको रक्षा ग¥यौ । म के चाहन्छु भनि मेरो रोजाईको सम्मान ग¥यौं । अब म दुबै समय सुन्दर युवतीको रुपमा रहने छु । राजकुमार, बुढा महाराजलाई भनिदेऊ, महिलाहरु यही
चाहन्छन् ।
नेपाली छोरी वा महिलाको रोजाइको सम्मान नहुने गरेका हामीसंग धेरै उदाहरण भेटिन सक्छन्, खोज्दै जाँदा । भर्खरै भएको भनेर सुनिएको एउटा घटना यहाँ उल्लेख गर्दा सायद अझ स्पष्ट हुन सकिन्छ । चौविस वर्षिय युवतीले घरमा विवाहको कुरा चल्दा जब आफ्नो रोजाई अर्कै रहेका उल्लेख गरिन तब छोरीको रोजाई मन नपरेका बाबुले छोरीको हातबाट मोबाइल खोसेर धुलोपिठो
बनाए । स्नातक तहको अध्ययन सकेकी ति युवतीको रोजाईको सम्मान स्नातक उत्तिर्ण उनका बाबु र शिक्षित भनिएको उनको परिवारले गर्न सकेन भने सामान्य लेखपढ मात्र भएका वा नपढेका परिवारका महिलाका रोजाइको हालत के होला ? हामी अनुमान मात्र गर्न सक्छौं ।

कुरै कुरामा उनले भनिन्– म पर सरेकी होइन पर सारिएकी हुँ । जतिबेला एउटी युवतीलाई परिवारको थप स्याहार र मायाको आवश्यकता पर्दछ, त्यही बेला अलग्गै बस्नुपर्ने, परिवारसंग छोइनु नहुने जस्ता कुराले उनीहरुको आत्म सम्मानमा कस्तो असर पुग्दो हो । अझ घरमा पालिएको कुकुर निर्वाध र संधै घरभित्र आउन जान स्वतन्त्र छ तर एउटी छोरीलाई त्यो अवसर छैन । उसको अस्तित्वको के मुल्य भयो ? छाउप्रथाको नाममा रजस्वला भएका युवतीमाथी नेपालको पश्चिममा हुने अमानविय व्यवहार त झन कहाली लाग्दो छ । वादी समुदायमा महिलाको अवस्था पनि त्यत्तिकै दयनिय छ । दाईजो नल्याएको निहुमा विशेष गरी तराइमा महिला माथि हुने अमानविय व्यवहार पनि कायमै छ ।
केही समय अगाडि एक आफन्तको घरमा मैले रात विताउनु पर्नेभयो । सांझ परिवारका सबै भान्सामा बसेर गफगाफ गर्न थाल्यौं तर स्नातक पढ्दै गरेकी छोरी ढोका छेऊ बसेर हाम्रो कुरा सुनिरहिन् । अनुमान गर्न गाह्रो थिएन उनी हाम्रो भाषामा पर सरेकी थिइन् । कुरै कुरामा उनले भनिन्– म पर सरेकी होइन पर सारिएकी हुँ । जतिबेला एउटी युवतीलाई परिवारको थप स्याहार र मायाको आवश्यकता पर्दछ, त्यही बेला अलग्गै बस्नुपर्ने, परिवारसंग छोइनु नहुने जस्ता कुराले उनीहरुको आत्म सम्मानमा कस्तो असर पुग्दो हो । अझ घरमा पालिएको कुकुर निर्वाध र संधै घरभित्र आउन जान स्वतन्त्र छ तर एउटी छोरीलाई त्यो अवसर छैन । उसको अस्तित्वको के मुल्य भयो ? छाउप्रथाको नाममा रजस्वला भएका युवतीमाथी नेपालको पश्चिममा हुने अमानविय व्यवहार त झन कहाली लाग्दो छ । वादी समुदायमा महिलाको अवस्था पनि त्यत्तिकै दयनिय छ । दाईजो नल्याएको निहुमा विशेष गरी तराइमा महिला माथि हुने अमानविय व्यवहार पनि कायमै छ ।
हामी वा हाम्रो समाजले महिलाका अस्तित्वको र आत्मसम्मानको कति रक्षा गर्ने गरेका छौं ? अनि उनीहरुका रोजाइको कति सम्मान गर्ने गरेका छौं ? आत्म समिक्षा गर्ने बेला भएको छ । आधा आकाश ओगटेका महिला पछाडि रहँदा वा पछाडि पारिँदा समाजले अपेक्षित विकासको गति लिन सक्दैन । लैङिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार भन्ने वाक्याँशलाई आदर्श वाक्य मान्न थालिएको सन्दर्भमा नेपाली समाजमा महिलाका माथीका असमान सोच र व्यवहारको अन्त्यको कामना । महिला माथी हुने सबैखाले असमानताको अन्त्य भर्ई राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा समान र अर्थपूर्ण सहभागिताको अवसर सबै महिलालो प्राप्त गरुन्, यही कामना ।

Related posts

प्रथम नागरिक राष्ट्राध्यक्षको सम्झना

admin

सपना साकार पार्ने बालक

admin

२८ बर्षे स्वनियमन र स्वमूल्याङ्कन

admin