21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
कानुन

थुनामा नवसी पुनरावेदन सुविधा

अधिवक्ता ऋषिराम पोख्रेल

पृष्टभूमिः
थुनामा नवसी पुनरावेदन गर्न माग गरेको निवेदनमा सहरजिष्ट्रारले अनुमति नदिएपछि पूर्ण इजलासमा पुगेको निवेदनमा मु.फौ.का.सं. २०७४ को दफा १३७(१घ) र ऐ १३७(२) को प्रावधानमा केही द्विविधाको अवस्थालाइ स्वीकार गर्दै सर्वोच्च अदालत पूर्ण इजलासले विभिन्न नजिर, सिद्धान्तहरु समेतको विवेचना गरी सहरजिष्टारको आदेश बदर गर्दै थुनामा नवसी पुनरावेदन गर्न पाउने अनुमति प्रदान गरेको छ ।
निवेदनको अन्तरवस्तुः
थुनामा नवसी पुनरावेदन गर्न अनुमति प्रदान नगर्ने आदेश बदर माग गर्ने निवेदक मदन परियार भन्ने राजेन्द्र नेपालीलाई धादिङ जि.अ.मा कर्तब्य ज्यान मुद्दाको अभियोग दायर भएको थियो । धादिंङ जि.अ.ले थुनामा राखी पुर्पक्ष गरी २०७७।७।२५ मा सफाई पाउने गरी फैसला गरेको थियो । सरकारको पुनरावेदनमा उच्च अदालत पाटनले २०७८।१०।२ मा नेपालीलाई १० बर्ष कैद र अठार सय क्षतिपूर्ति भराउने ठहर गरेपछि नेपालीले थुनामा नवसी पुनरावेदनको अनुमति माग गरेका थिए ।
द्विविधाजनक व्यवस्थाः
मुलुकी अपराध संहिता २०७४ को दफा १३७(१घ) को व्यवस्था पुर्पक्षका लागि थुनामा बसेको व्यक्तिको हकमा लागू हुने र ऐ १३७(२) को व्यवस्था पुर्पक्षका लागि थुनामा नबसेको व्यक्तिको हकमा लागू हुने देखियो । तर जिल्ला अदालतको फैसला अघि पुर्पक्षका लागि थुनामा रहेको तर फैसला हुँदा सफाई पाएकोमा उच्च अदालतबाट फैसला हुँदा १० बर्ष कैद सजाय भएका प्रतिवादीलाई नसमेटेको हो कि भन्ने ऐ संहिताको ऐ दफाको उपदफा द्द अक्षरशः पढ्दा द्विविधा सृजना गरेको जस्तो आभाष भएपनि द्विविधाजनक अवस्थामा अभियुक्तको पक्षमा व्याख्या हुनुपर्ने सामान्य सिद्धान्तलाई आदेशले अवलम्बन गरेको पाईन्छ ।
विवेचित सिद्धान्तः
पूर्ण इजलासको आदेशमा शशीकान्त तिवारी विरुद्ध सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प पिपराको जाहेरी नेपाल सरकार भएको मुद्दा र मेल्हसेन हेन्ड्रिक ओटो वि परिवर्तित नाम क र ख को जाहेरीले नेपाल सरकार भएको जवरजस्ती करणी मुद्धामा विवेचना गरिएको सिद्धान्तलाई आधार मानिएको छ । विशेषतः एचष्लअष्उब िया ब्लबयिनथ र एचष्लअष्उब िया कतष्अत अयलतचगअतष्यल लाई विवेचना गरिएको छ । न्भलभचब िच्गभि र भ्हअभउतष्यल को पनि विवेचना गरिएको छ । अभियोग प्रमाणित नभएसम्म निर्दोष मान्नुपर्ने सिद्धान्तलाई अवलम्बन गरिएको छ ।
पूर्ण इजलासको आदेशः
अदालतबाट कसूरदार ठहरेको व्यक्तिले त पुनरावेदन गर्दा कैदमा नवसी पुनरावेदन गर्न पाउने अवस्था हुन्छ भने तल्लो तहको अदालतबाट सफाई नै पाएको व्यक्तिलाई थुनामा पठाई पुनरावेदन गर्न पठाउन उपयुक्त हुने देखिदैन भन्दै सहरजिष्ट्रारको आदेश बदर भएको छ ।
निष्कर्षः
न्याय निरुपणमा यो खालको न्यायीक विवेचनाको अभ्यास शुरु तहदेखि हुन सक्दा न्यायका उपभोक्ताले आफ्नो कमजोरी थाहा पाउन सक्ने र न्यायमा सहमत हुने वातावरण बन्दछ ।

Related posts

लोकतन्त्रमा अध्यादेश प्रणाली

admin

पेचिलो बन्दै नागरिकता विधेयक

admin

शंकटमा देश बचाउन कोमाको संविधान

admin