22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

आठौं संविधान दिवसबाट बुधबारे हाटबजार

दमौली/आठौं संविधान दिवसको सन्दर्भबाट दमौलीमा बुधबारे हाटबजारको शुभारम्भ गरिएको छ । तनुहँ निर्वाचन क्षेत्र नं. १ का संघीय साँसद स्वर्णीम वाग्लेले बुधबार सो बुधबारे हाटबजारको शुभारम्भ गराएका थिए । दमौलीमा गाउँगाउँबाट आउने तरकारीलाई व्यवस्थित बजारको व्यवस्थापन गर्न चोक चोक गल्लीगल्लतीमा बसेर बेच्न रोक लगाएको व्यास नगरपालिकाले बुधबारे हाटबजारको व्यवस्था गरेर किसानको समस्याको सम्बोधन गरेको छ । अब प्रत्येक हप्ताको बुधबार यहाँ हाट बजार लाग्नेछ ।

Related posts

आदिकविमा रेडक्रस गोष्ठी

admin

गण्डकी प्रदेशको प्रशासनिक पुनर्संरचना: नौ कार्यालय खारेज, वार्षिक झण्डै ५० करोड वचत

admin

मोफसलको पठनीय कृति “व्यास–वाटिका”

admin