Tanahun Awaj
समाचार

मगर संघद्वारा अन्तरक्रिया कार्यक्रम

फोटो प्रदीप काफ्ले

दमौली/नेपाल राष्ट्रिय मगर संघ तनहुँ र नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँ बीच अन्तरक्रिया एवं परिचयात्मक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले मगर संस्कार र संस्कृतिको संरक्षण गर्दै सामाजिक सद्भावलाइ प्राथमिकतामा राख्नु पर्ने आजको चुनौतीको सामना गर्न भातृ संगठनको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सहमहामन्त्री जीतराज रानाले जातीय पहिचान कायम राख्दै कला र संस्कृतिको संवद्र्धनमा नयाँ पुस्तालाई पनि जागरुक बनाउन आफूले ध्यान केन्द्रित गरेको बताउनु भयो ।
नेपाल राष्ट्रिय मगर संघ तनहुँकी अध्यक्ष माया रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका गण्डकी प्रदेश सभापति पदम पुन, नेपाली कांग्रेस तनहुँका सचिव सहदेब अधिकारी, संघका पूर्व केन्द्रिय सदस्य निलबहादुर थापा, प्रदेश उपसभापति पूर्णसिं राना, नेपाल राष्ट्रिय मगर संघ व्यास नगर सभापति पूर्ण बहादुर थापा, राष्ट्रिय मगर संघ तनहुँका उपसभापति मणीराज थापा, व्यास नगर सचिव लिलबहादुर थापा लगायतले आ आफ्नो धारणा राख्नु भएको
थियो ।
संघको मातृपार्टी नेपाली कांग्रेस पार्टीसँग अन्तर सम्बन्ध कायम गरि अगाडि बढाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

Related posts

महाधिवेशन मिति विवादले कांग्रेसमा कलह

admin

पढ्ने भोक

admin

४५औं नगरसभा सम्पन्न

Deepak Joshi